सरकार तस्करबाट कमिसन तल्लिन बनेको ओलीको आरोप « Khabarhub

सरकार तस्करबाट कमिसन तल्लिन बनेको ओलीको आरोप


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार तस्करबाट कमिसन खान तल्लीन भएको आरोप लगाएका छन् । ९ केजी सुनलाई दुई किलो देखाएको भन्दै उनले बाँकी ७ किलोमा सरकारले कमिसन खाएर छाडेको आरोप लगाए ।

सरकार तस्करलाई संरक्षण दिएर कमिसन खान तल्लिन रहेको र बाहिर भ्रष्ट्राचार अन्त्य गछौँ भन्दै जनताको आँखामा छारो हाल्ने गरेको उनको भनाई छ । उनले एक क्विन्टल सुन ६० किलो हुनुमा पनि सरकारको मिलोमतो रहेको बताए ।

सरकारले भ्रष्टाचारी र तस्करी गराएको आरोप लगाए । त्यही कारण एक क्विन्टल सुन प्रकरणमा छानविन समिति बनाऔँ भन्दा सरकारले एक महिना लगाएको बताए । ललिता निवास काण्डमा जमिन कब्जा गर्नेलाई नभई किन्नेलाई कारवाही गरेको भन्दै उनले ललिता निवास प्रकरणलाई नै कृत्य गर्न खोजिएको आरोप लगाए । 

जनता आर्थिक मन्दीको मार खेपीरहेको बेला प्रधानमन्त्री तीर्थ भ्रमण गर्न तल्लीन रहेको ओलीको आरोप छ । 

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ५ : ३८ बजे

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक