रूसी आक्रमणमा परी १२ जना घाइते « Khabarhub

रूसी आक्रमणमा परी १२ जना घाइते


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

युक्रेन– दक्षिणी युक्रेनको खेरसनस्थित आवासीय क्षेत्रमा गत राति भएको गोलाबारीमा नौ महिनाको बच्चासहित एक दर्जन व्यक्ति घाइते भएको स्थानीय अधिकारीले बताएका छन् ।

युक्रेनले गत नोभेम्बर २०२२ मा खेरसनको क्षेत्रीय  राजधानीलाई फिर्ता लिएको थियो । तर दक्षिणी शहर रूसी आक्रमणको निशानामा नै रहेको थियो । 

रूसी सेनाले बारम्बार सहर तथा बस्तीहरूलाई लक्षित गरी आक्रमण गर्दा खेरसनले भयानक स्थितिको सामना गर्नुपरेको क्षेत्रीय गभर्नर अलेक्जेन्डर प्रोकुडिनले बताएका छन् । आक्रमणमा एघार जना गम्भीर घाइते भएको तथा २७ बर्षकी आमा र उनकी छोरीलाई सामान्य घाइते अवस्थामा अस्पतालमा भर्ना गरेकोसमेत उनले बताए । 

उनले गरेको पोष्टमा पर्खालका धेरै तला तथा झ्यालहरू पूर्ण रूपमा क्षति भएको देखिन्छ । घाइतेमध्ये रेडक्रसमा काम गर्न एक ३३ बर्षीय चिकित्सक भएको र उनलाई अस्पताल भर्ना गरिएको युक्रेनी स्रोतले जनाएको छ ।  

आतङ्कवादी रणनीति भनेको रूसले विश्वास गर्ने बिषय भएको राष्ट्रपतिका प्रमुख सुरक्षा सल्लाहाकार इन्ड्रि एमार्कले सामाजिक सञ्जाल टेलिग्राममा बताएका छन् 

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ६ : ११ बजे

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल सेवाबाट हटाइए

काठमाडौं – सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौं – प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका