रूसी आक्रमणमा परी १२ जना घाइते | Khabarhub Khabarhub

रूसी आक्रमणमा परी १२ जना घाइते


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

युक्रेन– दक्षिणी युक्रेनको खेरसनस्थित आवासीय क्षेत्रमा गत राति भएको गोलाबारीमा नौ महिनाको बच्चासहित एक दर्जन व्यक्ति घाइते भएको स्थानीय अधिकारीले बताएका छन् ।

युक्रेनले गत नोभेम्बर २०२२ मा खेरसनको क्षेत्रीय  राजधानीलाई फिर्ता लिएको थियो । तर दक्षिणी शहर रूसी आक्रमणको निशानामा नै रहेको थियो । 

रूसी सेनाले बारम्बार सहर तथा बस्तीहरूलाई लक्षित गरी आक्रमण गर्दा खेरसनले भयानक स्थितिको सामना गर्नुपरेको क्षेत्रीय गभर्नर अलेक्जेन्डर प्रोकुडिनले बताएका छन् । आक्रमणमा एघार जना गम्भीर घाइते भएको तथा २७ बर्षकी आमा र उनकी छोरीलाई सामान्य घाइते अवस्थामा अस्पतालमा भर्ना गरेकोसमेत उनले बताए । 

उनले गरेको पोष्टमा पर्खालका धेरै तला तथा झ्यालहरू पूर्ण रूपमा क्षति भएको देखिन्छ । घाइतेमध्ये रेडक्रसमा काम गर्न एक ३३ बर्षीय चिकित्सक भएको र उनलाई अस्पताल भर्ना गरिएको युक्रेनी स्रोतले जनाएको छ ।  

आतङ्कवादी रणनीति भनेको रूसले विश्वास गर्ने बिषय भएको राष्ट्रपतिका प्रमुख सुरक्षा सल्लाहाकार इन्ड्रि एमार्कले सामाजिक सञ्जाल टेलिग्राममा बताएका छन् 

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ६ : ११ बजे

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले