जडिबुटीको बसपार्क नभत्काउन उच्च अदालत पाटनको अन्तरिम आदेश | Khabarhub Khabarhub

जडिबुटीको बसपार्क नभत्काउन उच्च अदालत पाटनको अन्तरिम आदेश


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं काठमाडौंको जडिबुटीमा निर्माण गरिएको बसपार्क नभत्काउन उच्च अदालत पाटनले काठमाडौं महानगरको नाममा अन्तरिम आदेश जारी गरेको छ।

श्यामबहादुर लामाले दिएको रिट निवेदनमा आइतबार न्यायाधीशद्वय ध्रुवराज नन्द र  मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले मुद्दाको टुंगो नलागेसम्म कुनै पनि संरचना नभत्काउन अन्तरिम आदेश गरेको हो।

‘यसमा निवेदकले निर्माण गरेका संरचना नबिगार्नु, नभत्काउनु भन्ने निषेधाज्ञाको आदेश जारी गरिपाउँ भन्ने निवेदन माग भई प्रस्तुत निवेदनपत्रको अन्तिम टुंगो नलागेसम्म जग्गामा निवेदकहरूले निर्माण गरेका संरचनाहरू तोडफोड गर्ने, भत्काउने कार्य नगर्नु नगराउनू भनी अन्तरिम आदेश जारी गरिपाउँ भन्ने माग गरेको देखियो। निवेदकहरूले निर्माण गरेको संरचनाहरू भत्काएमा प्रस्तुत निवेदनको मागदाबी निष्प्रयोजन हुने भई सुविधाको सन्तुलनको दृष्टिबाट प्रस्तुत निवेदनको टुंगो नलागेसम्म उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम निजी जग्गामा निर्माण गरिएका संरचनाहरू नभत्काउनु भनी विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ। प्रस्तुत आदेशको जानकारी विपक्षीहरूलाई दिनू,’ आदेशमा उल्लेख छ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ६ : ५६ बजे

प्रदीपको दाबी- कार्यसम्पादन बैठकपछि महाधिवेशन कार्यतालिका आउँछ

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचन अगाडि महाधिवेशन

रसुवागढी नाकास्थित मितेरीपुल एक महिनामा बन्ने

रसुवा– रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुल एक महिनाभित्र बन्नेभएको छ

जेन-जी आन्दोलनसहितको तीन महिना : चालु खर्च बढ्दा आयकर र पुँजीगत खर्च घट्यो

काठमाडौं– जेन-जी आन्दोलन भएको डेढ महिना समय बितिसक्दा पनि कतिपय

प्रकाश सपुत स्टारर ‘सोल्टिनी’को व्यापार बिगोज, ‘जेरी अन टप’को व्यापार साढे १० करोड

काठमाडौं – तिहार लक्षित गरी प्रदर्शनमा आएका चार मध्ये तीन

तनहुँमा दुई जनामा मलेरिया सङ्क्रमण

दमौली– तनहुँमा दोस्रो व्यक्तिमा मलेरियाको सङ्क्रमण पुष्टि भएको छ ।