हमासले इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु | Khabarhub Khabarhub

हमासले इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हमासले इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको छ ।

हमासले गरेको आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको र १ जना सम्पर्कविहीन भएको इजरायलस्थित नेपाली राजदूतावसले जनाएको छ ।

आक्रमणबाट घाइते नेपालीमध्ये अस्पतालमा ४ जना उपाचारत रहेका छन् । घटनमा परेका दुई जना भने सुरक्षित छन् । यसअघि आज दिउँसो बसेको प्रतिनिधि सभाको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले १२ जना नेपाली सम्पर्कविहीन भएको बताएका थिए ।

इजरायलमा रहेकामध्ये सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जना मध्ये १७ जना गाजा क्षेत्र नजिकै किबुज अलिमिम भन्ने स्थानमा बस्ने गरेका र त्यसमध्यका १२ जना सम्पर्कविहीन भएको मन्त्री साउदले सदनसमक्ष जानकारी गराएका थिए ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ८ : ०८ बजे

बारपाकमा भिसी गजे घले संग्रहालय उद्‌घाटन

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखाको बारपाकमा भिसी गजे

भारत–पाकिस्तान युद्धले नेपालको बजार र भान्छामा कस्तो असर पर्ला ?

काठमाडौं– आतंकवादविरुद्ध भारतले अगाडि बढाएको ‘मिसन सिन्दुर’ पछि भारत पाकिस्तानबीचमा

‘पाकिस्तानमा रहेका नेपालीको सुरक्षाका लागि सरकार सचेत छ’

काठमाडौं– परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी र अन्य नेपालीको

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी

गलकोट– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको विकल्प

डेङ्गुप्रति सचेतना अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं– पानी पर्न थालेकाले डेङ्गु सङ्क्रमणको जोखिम बढ्नसक्ने भन्दै सतर्कता अपनाउन