बुटवलमा फोटोनको नयाँ शोरुम सञ्चालनमा « Khabarhub

बुटवलमा फोटोनको नयाँ शोरुम सञ्चालनमा


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

बुटवल- बुटवलमा फोटोन गाडीको आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल भेइकल प्रालिले नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

बुटवल र आसपासका क्षेत्रमा फोटोन गाडी बिक्री गर्न कम्पनीले सिद्धार्थ इन्टरकिन्टनेन्टल प्रालीमार्फत तीन शोरुम नेटवर्क सञ्चलनमा ल्याएको हो । नयाँ शोरुमबाट ग्राहकहरुले सेल्स, सर्विस र पार्ट्सको सम्पूर्ण सुविधा लिन सक्ने कम्पनीले जनाएको छ । असोज १९ गते एक कार्यक्रमको आयोजना गरी शोरुमको औपचारिक उद्घाटन गरिएको छ ।

नयाँ शोरुमबाट विक्री र विक्री पछिको सम्पूर्ण सेवा उपलब्ध हुनेछन् । यो क्षेत्रमा फोटोनको अत्याधुनिक र सुविधा सम्पन्न शोरुम संचालनमा आएपछि ग्राहकलाई गाडी किन्न र बिक्रीपछिको सेवा पाउन सहज हुने कम्पनीको विश्वास छ ।

नयाँ शोरुममा नेपाली बजारमा उपलब्ध रहेका फोटन गाडीका सबै मोडल उपलब्ध हुनेछन् । हाल बजारमा कम्बसन इन्जिन जडित र विद्युतीय दुवै सेग्मेन्टका फोटोन गाडीहरु उपलब्ध छन् । विद्युतीय गाडीमा प्यासेन्जर भ्यान, कार्गो भ्यान र मिनी ईभी ट्रक ुटीएम १ु लोकप्रिय मोडल हुन् । टीएम १ लाई कम्पनीले देशका विभिन्न सडकहरुमा परीक्षण गरी सफल भएपछि हालै सम्पन्न नाडा अटो शोमा सार्वजनिक गरेको थियो ।

 

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ८ : १५ बजे

स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत सङ्कटमा

पर्वत– लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा पर्वतको एकमात्र

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर– ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा

राष्ट्रपति पौडेल आज जापान भ्रमणमा जाँदै 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) जापानको औपचारिक भ्रमणमा जाने

एक महिना लामो स्वस्थानी व्रत आज सकिँदै

काठमाडौं– पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु

उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल