विश्वकपमा भारतको विजयी शुरुवात, अष्ट्रेलिया ६ विकेटले पराजित « Khabarhub

विश्वकपमा भारतको विजयी शुरुवात, अष्ट्रेलिया ६ विकेटले पराजित


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – एकदिवसीय विश्वकप क्रिकेटमा आयोजक भारतले विजयी सुरुवात गरेको छ । आईतबार भएको खेलमा अस्ट्रेलियालाई ६ विकेटले हराउँदै भारतले सानदार सुरुवात गरेको हो ।

अस्ट्रेलियाले दिएको २०० रनको लक्ष्य भारतले ४१.२ ओभरमा चार विकेटको क्षतिमा पुरा गर्यो । खराब ब्याटिङक सुरुवात गरेको भारतका तीन जना खेलाडीले रन जोड्न सकेनन् । भारतका कप्तान रोहित शर्मा, ओपनर ईशान किशन र श्रेयस ऐर शुन्य रनमा आउट भए ।  भारतका लागि केएल राहुलले अविजित ९७ रन बनायो । उनले ११५ बल खेल्ने क्रममा दुई छक्का र आठ चौका हाने । यस्तै विराट कोहलीले ११६ बलमा ६ चौकाको मद्दतमा ८५ रन बनाए । हार्दिक पण्ड्याले अविजित ११ रन बनाए ।

अष्ट्रेलियका लागि जोश हेजलवुडले तीन र मिचेल स्टार्कले एक विकेट लिए ।

यसअघि चेन्नईमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलिया ४९ ओभर ३ बलमा १ सय ९९ रनमा अल आउट भयो । अस्ट्रेलियाका स्टेभेन स्मिथले सर्वाधिक ४६ रन बनाए । यस्तै डेभिड वार्नरले ४१, मिचेल स्टार्कले २८ र मार्नुस लाबुशेनले २७ रन बनाए ।

बलिङतर्फ भारतका रवीन्द्र जडेजाले ३ तथा जसप्रीत बुमराह, रविचन्द्रन अश्विन र कुलदीप यादवले २र२ विकेट लिए ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  १० : १४ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६