विश्वकपमा भारतको विजयी शुरुवात, अष्ट्रेलिया ६ विकेटले पराजित « Khabarhub

विश्वकपमा भारतको विजयी शुरुवात, अष्ट्रेलिया ६ विकेटले पराजित


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – एकदिवसीय विश्वकप क्रिकेटमा आयोजक भारतले विजयी सुरुवात गरेको छ । आईतबार भएको खेलमा अस्ट्रेलियालाई ६ विकेटले हराउँदै भारतले सानदार सुरुवात गरेको हो ।

अस्ट्रेलियाले दिएको २०० रनको लक्ष्य भारतले ४१.२ ओभरमा चार विकेटको क्षतिमा पुरा गर्यो । खराब ब्याटिङक सुरुवात गरेको भारतका तीन जना खेलाडीले रन जोड्न सकेनन् । भारतका कप्तान रोहित शर्मा, ओपनर ईशान किशन र श्रेयस ऐर शुन्य रनमा आउट भए ।  भारतका लागि केएल राहुलले अविजित ९७ रन बनायो । उनले ११५ बल खेल्ने क्रममा दुई छक्का र आठ चौका हाने । यस्तै विराट कोहलीले ११६ बलमा ६ चौकाको मद्दतमा ८५ रन बनाए । हार्दिक पण्ड्याले अविजित ११ रन बनाए ।

अष्ट्रेलियका लागि जोश हेजलवुडले तीन र मिचेल स्टार्कले एक विकेट लिए ।

यसअघि चेन्नईमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलिया ४९ ओभर ३ बलमा १ सय ९९ रनमा अल आउट भयो । अस्ट्रेलियाका स्टेभेन स्मिथले सर्वाधिक ४६ रन बनाए । यस्तै डेभिड वार्नरले ४१, मिचेल स्टार्कले २८ र मार्नुस लाबुशेनले २७ रन बनाए ।

बलिङतर्फ भारतका रवीन्द्र जडेजाले ३ तथा जसप्रीत बुमराह, रविचन्द्रन अश्विन र कुलदीप यादवले २र२ विकेट लिए ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  १० : १४ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन