एनआरएनएद्धारा भूकम्प प्रभावितलाई राहत वितरण « Khabarhub

एनआरएनएद्धारा भूकम्प प्रभावितलाई राहत वितरण


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जाजरकोट र रुकुम पश्चिममा शुक्रबार राति गएको भूकम्पबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले राहत सामग्री हस्तान्तरण गरेको छ । 

 गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा जाजरकोटको बगान गाउँमा पुगेको टोलीले त्यहाँस्थित भूकम्प प्रभावितहरूलाई प्रत्यक्ष भेटेर राहत सामग्री हस्तान्तरण गरेको हो ।

राहत सामग्री वितरण गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष डा.बद्री केसीले भूकम्पको कारणले सिंगो देश लगायत विदेशमा रहेका नेपालीहरुको मन दुखेको बताएका छन् । 

यस्तै संघका महासचिव गौरीराज जोशीको नेतृत्वमा रुकुम पश्चिम पुगेको संघको टोलीले स्थानीय सरकारको समन्वयमा मंगलबार बिहान राहत  सामग्री वितरण गरेको छ । सो टोली तीन दिन लगाएर भूकम्प प्रभावित क्षेत्रमा पुगेको हो ।

संघका महासचिव गौरीराज जोशीका अनुसार भूकम्प अति प्रभावित आठबीसकोट नगरपालिकामा गैरआवासीय नेपाली संघको तर्फबाट  भूकम्प पीडित घरपरिवारहरूको लागि राहत सामग्री हस्तान्तरण गरिएको हो । संघले रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा त्रिपाल २०० थान, फेन्सी कपडा १० सेट (२०० थान), ब्लाङ्गकेट २०० थान, चप्पल ४०० जोर, चामल ४०० बोरा, दाल १०० केजी, १००० लिटर तेल, ५०० केजी नुन लगायतका राहत सामग्री हस्तान्तरण गरेको छ ।

यस्तै जाजरकोटमा पनि सोही परिमाणमा राहत सामाग्री वितरण गरिएको हो । यसअघि संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षमा बसेको आकस्मिक बैठकले न्यूनतम १ करोड रुपैयाँको राहत कोषको स्थापना गर्ने घोषणा गर्दै भूकम्प प्रभावित क्षेत्रमा खट्न गैरआवासीय नेपालीहरूलाई आग्रह गरेको थियो ।

राहत सामाग्री वितरणको संघका अध्यक्ष डा। केसी र महासचिव जोशीसहित उपाध्यक्ष राज रेग्मी,  महिला उपाध्यक्ष  रोजिना प्रधान, उपमहासचिव प्रविण गुरुङ, सचिव मनोज गोर्खाली, सहकोषाध्यक्षद्धय कृष्ण तिमल्सिना, अभिमन्यु बस्नेत लगायतको टोली भूकम्प प्रभावित क्षेत्रमा खटिएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ६ : ५५ बजे

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन

केन्ट आरओ खरिदमा मुम्बई यात्रा तथा विश्वकप क्रिकेट प्रत्यक्ष हेर्ने विजेता घोषणा

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको पानी शुद्धीकरण ब्रान्ड केन्ट आरओ प्युरीफायरले सञ्चालन गरेको