एनआरएनएद्धारा भूकम्प प्रभावितलाई राहत वितरण « Khabarhub

एनआरएनएद्धारा भूकम्प प्रभावितलाई राहत वितरण


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जाजरकोट र रुकुम पश्चिममा शुक्रबार राति गएको भूकम्पबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले राहत सामग्री हस्तान्तरण गरेको छ । 

 गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा जाजरकोटको बगान गाउँमा पुगेको टोलीले त्यहाँस्थित भूकम्प प्रभावितहरूलाई प्रत्यक्ष भेटेर राहत सामग्री हस्तान्तरण गरेको हो ।

राहत सामग्री वितरण गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष डा.बद्री केसीले भूकम्पको कारणले सिंगो देश लगायत विदेशमा रहेका नेपालीहरुको मन दुखेको बताएका छन् । 

यस्तै संघका महासचिव गौरीराज जोशीको नेतृत्वमा रुकुम पश्चिम पुगेको संघको टोलीले स्थानीय सरकारको समन्वयमा मंगलबार बिहान राहत  सामग्री वितरण गरेको छ । सो टोली तीन दिन लगाएर भूकम्प प्रभावित क्षेत्रमा पुगेको हो ।

संघका महासचिव गौरीराज जोशीका अनुसार भूकम्प अति प्रभावित आठबीसकोट नगरपालिकामा गैरआवासीय नेपाली संघको तर्फबाट  भूकम्प पीडित घरपरिवारहरूको लागि राहत सामग्री हस्तान्तरण गरिएको हो । संघले रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा त्रिपाल २०० थान, फेन्सी कपडा १० सेट (२०० थान), ब्लाङ्गकेट २०० थान, चप्पल ४०० जोर, चामल ४०० बोरा, दाल १०० केजी, १००० लिटर तेल, ५०० केजी नुन लगायतका राहत सामग्री हस्तान्तरण गरेको छ ।

यस्तै जाजरकोटमा पनि सोही परिमाणमा राहत सामाग्री वितरण गरिएको हो । यसअघि संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षमा बसेको आकस्मिक बैठकले न्यूनतम १ करोड रुपैयाँको राहत कोषको स्थापना गर्ने घोषणा गर्दै भूकम्प प्रभावित क्षेत्रमा खट्न गैरआवासीय नेपालीहरूलाई आग्रह गरेको थियो ।

राहत सामाग्री वितरणको संघका अध्यक्ष डा। केसी र महासचिव जोशीसहित उपाध्यक्ष राज रेग्मी,  महिला उपाध्यक्ष  रोजिना प्रधान, उपमहासचिव प्रविण गुरुङ, सचिव मनोज गोर्खाली, सहकोषाध्यक्षद्धय कृष्ण तिमल्सिना, अभिमन्यु बस्नेत लगायतको टोली भूकम्प प्रभावित क्षेत्रमा खटिएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ६ : ५५ बजे

आजका समाचार : कांग्रेसको किचलो उग्र, धेरै पछि ओली झापामा, मनाइयो भारतको स्वतन्त्रता दिवस

जेन-जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा

आइतबार आयल निगमले उपत्यकाका ७ स्थानबाट ग्यास बिक्री गर्ने 

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा (भोलि) आइतबार काठमाडौं उपत्यकाका विभिन्न

आदिवासी जनजातिको अधिकारका सवालमा एमाले प्रतिबद्ध छ : ओली

इलाम– पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानले सुनिश्चित

देशमा राष्ट्रिय सहमति आवश्यक छ : अध्यक्ष लिङ्देन

नवलपरासी– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राष्ट्र हितका

सत्र लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

भद्रपुर– बैंकिङ कसुर मुद्दामा १७ लाख ३९ हजार ५०० जरिवाना