सहयोग सामाग्री लिएर चिनियाँ सेनाको दुई विमान पोखरा आउँदै « Khabarhub

सहयोग सामाग्री लिएर चिनियाँ सेनाको दुई विमान पोखरा आउँदै


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भूकम्पपीडितको राहत लिएर चिनियाँ सेनाको जहाज आज नेपाल आउँदैछ ।चीन सरकारले भुकम्प पीडितलाई दिने राहत सहयोग सामग्री लिएर आउने दुई वटा चिनियाँ सेनाको जहाज आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

उत्तरी छिमेकी चीनले दिने उक्त सहयोग सामाग्री बुझ्नका लागि उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठ आजै पोखरा पुग्दैछन । चिनियाँ राजदूत छन सोङले सामान गृहमन्त्री श्रेष्ठलाई उक्त सहयोग सामाग्री हस्तान्तरण गर्नेछन् ।

चीनले आफ्नो वायु सेनामार्फत पोखरामा पठाएको सहयोग सामाग्री नेपालले भने त्यहाँबाट कर्णाली पुर्‍याउनेछ । चिनियाँ सेनाको जहाजमा समान आउने भनिए पनि त्यसलाई  ‘ह्युमनेटिरियन फ्लाइट’ भनिएको छ, जुन बिहान ९ बजे अवतरण गर्ने भनिएको छ ।

चीन सरकारले घोषणा गरे अनुसार करिब १० करोड बराबरको सामग्री लिएर चिनियाँ सेनाका जहाज चीनको छेन्दुबाट जहाज उड्नेछ ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ९ : ३४ बजे

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं– सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज