चिनी मिल सञ्चालन हुने भएपछि किसान उखुखेतीतर्फ आकर्षित « Khabarhub

चिनी मिल सञ्चालन हुने भएपछि किसान उखुखेतीतर्फ आकर्षित


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

भजनी– बर्दियाको राजापुरमा चिनी मिल सञ्चालनको तयारी थलिएपछि किसान उखुखेतीतर्फ आकर्षित भएका छन् । राजापुर सुगर एण्ड केमिकल्स इन्डस्ट्रिज प्रालिले राजापुर नगरपालिका–५ बदालपुरमा उखु मिल सञ्चालनको तयारी थालेको छ । 

उखु मिल सञ्चालन हुने थाहा पाएपछि किसान उखुखेती विस्तारमा लागेका हुन् । कैलालीको टीकापुरका धनसिंह साउदले चिनी मिल सञ्चालन हुने भएपछि उखुखेती सुरु गरेको बताए। ‘मिल सञ्चालकसँग समन्वय गरेर उखुखेती सुरु गरेका छौँ,’ उनले भने, ‘मिल सञ्चालन भए उखु खेती थप विस्तार गर्ने योजना छ ।’

राजापुर सुगर एण्ड केमिकल्स प्रालिका प्रबन्धक निर्देशक यज्ञबहादुर ओलीले आगामी वर्ष मिल सञ्चालन गर्ने गरी काम भइरहेको बताए। ‘किसानलाई  उखु खेतीका लागि आग्रह गरेका छौँ’, उनले भने, ‘उखु उत्पादनसँगै मिल सञ्चालनको पनि काम भइरहेको छ ।’

कम्पनीले २० बिघा जग्गा खरिद गरेर काम थालेको छ । मिल सञ्चालन गर्न रु दुई अर्बभन्दा बढी लागत लाग्ने अनुमान कम्पनीको छ । मिल पूर्णरूपमा सञ्चालन गर्नका लागि पाँच हजारदेखि छ हजार बिघामा उखुखेती आवश्यक पर्ने निर्देशक ओलीले बताएका छन् । मिल सञ्चालनमा आए पाँच सयभन्दा बढी जनाले प्रत्यक्षरुपमा रोजगारी पाउनेछन् । 

बाढी र डुबानका कारण अन्य खेतीको उत्पादन राम्रो नहुँदा चिन्तित किसान चिनी मिलले खेती बाँझो नहुने भन्दै आशावादी बनेका छन् । ‘बलौटे माटोमा उत्पादन केही हुँदैन । वर्षात्को समयमा बाढीले लगाएको बर्खेबाली पनि नष्ट गर्छ’, राजापुर–८ का धर्मचन्द्र चौधरीले भने। अर्का किसान सुरेन्द्र चौधरीले राजापुरमा चिनी मिल सञ्चालन भए बर्दियाका किसानले मात्रै नभई कैलालीकाले  लाभ लिनसक्ने बताएका छन् । 

टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले चिनी मिल सञ्चालकसँग समन्वय गरेर उखुखेती गर्न थालिएको बताए। उनी आफैले पनि उखुखेती सुरु गरेका छन् । 

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ९ : ३१ बजे

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क