पिठो सकिएपछि उत्तरी गाजाका सबै बेकरी पसल बन्द | Khabarhub Khabarhub

पिठो सकिएपछि उत्तरी गाजाका सबै बेकरी पसल बन्द


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गाजापट्टी पिठो सकिएको भन्दै उत्तरी गाजाका बेकरी पसलहरू बन्द भएका छन् । संयुक्त राष्ट्र संघका अनुसार गाजाको उत्तरी क्षेत्रमा रहेका सबै बेकरीहरू इन्धन, पानी र गहुँको पीठोको अभावले बन्द भएका हुन । 

त्यसमाथि इजरायली हमलाका कारण क्षतिग्रस्त भएका कारण पनि बेकरी पसलहरू बन्द गरिएको छ। संयुक्त राष्ट्रले भनेको छ कि उत्तरको बजारमा गहुँको पीठो अब उपलब्ध छैन र सहायता संस्थाहरूले त्यहाँ सात दिनदेखि कुनै पनि खाद्यान्न वितरण गर्न असमर्थसमेत भएको छ।

गाजाको दक्षिणमा भने केवल ९ बेकरीहरू भने अझै खुला भइरहेका छन्, जसले पीठो र इन्धन उपलब्ध भए पछि त्यहाँ आश्रयमा रहेकाहरूलाई रोटी प्रदान गर्ने गरेको छ ।

संयुक्त राष्ट्रको राहत एजेन्सीको यो अपडेट त्यसबेला आएको हो, जुनबेला गाजाको आन्तरिक मन्त्रालयले गाजा शहर र उत्तर गाजाका सबै बेकरीहरू सोमबार बन्द गरेको बताएको थियो ।

 

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ९ : ४८ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’