दराज ११.११ सेलको छैटौँ संस्करण सार्वजनिक « Khabarhub

दराज ११.११ सेलको छैटौँ संस्करण सार्वजनिक


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको अग्रणी ई–कमर्स ब्राण्ड दराजले ११.११ सेलको छैटौँ संस्करण सार्वजनिक गरेको छ । कम्पनीको अनुसार कार्तिकको २५ गतेबाट सुरु हुने यो सेलमा ग्राहकहरुले रासन, घरेलु उपकरण, इलेक्ट्रोनिक्स, फेसन, र मनेरञ्जन जस्ता विभिन्न विधाका लाखौं प्रोडक्टमा ७ करोड सम्मको छुट पाउनेछन् । 

यो सेलमा ग्राहकरुले निःशुल्क डेलिभरी, १०,००० सम्मको मेगा भाउचर, मेगा डिलस्मा ८०५ सम्मको छुट, साथै मेगा गिभअवे अन्तर्गत ९९९ भन्दा माथिको  खरिदमा अग्रिम भुक्तानी गर्ने ११ भाग्यशाली विजेताहरूले सिजि ब्रान्डको वाशिङ्ग मशिन जित्ने मौका पनि समावेश छ, साथै बैंकको डेबिट कार्ड प्रयोग गरेर अग्रिम भुक्तानी गर्ने ग्राहकहरूले १५५ अधिकतम रु २००० सम्म छुट पाउनेछन् भने क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २०५ अधिकतम रु २५०० को छुट प्राप्त गर्नेछन्। 

दराजकी प्रबन्ध निर्देशक आँचल कुँवर भन्छिन्, ‘११.११ सेल मात्र नभएर उत्साह र उमङ्ग हो । हाम्रो वर्षैको कडा मिहिनत र परिश्रमबाट ११.११ सेललाई विशेष बनाउन सफल भएका छौं । यो हाम्रा ग्राहक, बिक्रेता, बैंक तथा साझेदारहरुलाई धन्यवाद भन्ने विशेष तरिका पनि हो । आशा छ, सम्पूर्ण ग्राहक, बिक्रेता तथा साझेदार कम्पनीहरू यो वर्षको ११.११ बाट धेरै भन्दा धेरै लाभान्वित हुनुहुनेछन् ।’ 

यो सेलमा विभिन्न ब्रान्ड तथा कम्पनीहरुले साथ दिएका छन् । यो वर्षको सेलमा ८ वटा ब्रान्डहरू दराज संग डाइमण्ड पर्टनरको रुपमा आवद्ध भएका छन् ती हुन् अल्टिमा लाइफस्टाईल (Ultima Lifestyle), मसल बलेज (Muscle Blaze), हाडा लाबो (Hada Labo), भ्यासलिन् (Vaseline), सेटाफिल (Cetaphil), गोल्डस्टार (Goldstar), वाउ स्किन साइन्स (WOW Skin Science), र जुभारा (Zuvara)। यसका साथै हाई फ्युचर (HiFuture), फिलिप्स (Phillips), फ्यान्सिरा (Fancyra), एडिडास (Adidas), मामाअर्थ (Mamaearth), पल्म (Plum), र फ्यान्टेकहरु (Fantech) दराज संग गोल्ड पार्टनर्सको रुपमा आवद्ध छन् । 

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ११ : २७ बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना