राप्रपा अध्यक्ष लिङ्देन स्वदेश फिर्ता « Khabarhub

राप्रपा अध्यक्ष लिङ्देन स्वदेश फिर्ता


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन संयुक्त राज्य अमेरिकाको १२ दिने भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।

सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) को निमन्त्रणामा उहाँ अमेरिकाको विभिन्न राज्यमा भएका विविध कार्यक्रममा सहभागी भएर गएराति स्वदेश फर्किएको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार अध्यक्ष लिङ्देनले टेक्ससको ड्यालसमा पानस अमेरिकाको तेस्रो राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्नाका साथै टेक्सस, इन्डियाना, ओहायो, वाशिङटन डिसी, न्यूयोर्क, बाल्टिमोरलगायत मुख्य सहरमा नेपाली समुदाय, पानसका विभिन्न समितिहरुसँग भेटघाट र साक्षात्कार गर्नु भएको थियो । अध्यक्ष लिङ्देन यही कात्तिक ९ गते अमेरिका प्रस्थान गरेका थिए । 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनलाई कार्यवाहक अध्यक्ष तथा उपाध्यक्ष बुद्धिमान तामाङ, अर्का उपाध्यक्ष हेमजङ गुरुङ, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायत नेताहरुले स्वागत गरेका थिए ।

अध्यक्ष लिङ्देनको भ्रमण टोलीमा राप्रपा सहायक महामन्त्री विजय खड्का, केन्द्रीय सदस्य एवं प्रवास विभाग प्रमुख आनन्द अधिकारी एवं अमेरिकामा रहेका पानस आईसिसीका अध्यक्ष प्रेमकुमार श्रेष्ठ पनि स्वदेश फर्किएको प्रवक्ता श्रेष्ठले बताए । 

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ११ : ५९ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको