अज्ञात अवरोधका कारण इन्टरनेट र फोन सेवाबाट एक करोड अस्ट्रेलियाली बञ्चित « Khabarhub

अज्ञात अवरोधका कारण इन्टरनेट र फोन सेवाबाट एक करोड अस्ट्रेलियाली बञ्चित


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सिड्नी- अस्ट्रेलियामा अज्ञात अवरोधका कारण एक करोडभन्दा धेरै मानिसहरु इन्टरनेट र फोन सेवाबाट बञ्चित भएका छन् । मुलुकको एउटा महत्वपूर्ण सञ्चार कम्पनीमा अज्ञात अवरोधका कारण बुधबार एक करोडभन्दा बढी अस्ट्रेलियाली इन्टरनेट र फोन सेवाबाट बञ्चित भएका हुन् ।

उक्त गडबडीका कारण इलेक्ट्रोनिक भुक्तानी प्रणाली क्षतिग्रस्त हुँदा एम्बुलेन्स र प्रहरीले प्रयोग गर्ने फोन लाइन अवरुद्ध भएका छन् भने मुलुकको सबैभन्दा ठूलो सहर मेलबर्नमा भीडभाड हुने रेलहरू केही समयका लागि रोकिएका थिए । सिङ्गापुरको दूरसञ्चार कम्पनी सिङ्गटेलको सहायक कम्पनी अप्टसले बुधबार दिउँसो ‘केही’ सेवाहरू पुनःस्थापित गरिएको बताएको छ । यद्यपि उसले गडबडीको कारणबारे बताउन सकेको छैन ।

“हाम्रो टोलीले अहिले पनि सम्भावित मार्गमा काम गरिरहेको छ, हामीसँग धेरै परिकल्पना थिए र अहिलेसम्म हामीले जति परीक्षण गर्यौँ र नयाँ कार्य गर्यौँ तिनीहरूले मूल समस्याको समधान गर्न सकेका छैनन्”, कम्पनीका प्रमुख कार्यकारी केली बेयर रोजमरिनले राष्ट्रिय प्रसारक एबिसीलाई भनिन्, “मूल समस्या र पुनःस्थापनाको समय थाहा भएपछि हामी चाँडोभन्दा चाँडो सबैलाई अपडेट गराउने छौँ ।” उनले ह्याकिङका कारण सेवा अवरुद्ध भएको कुनै सङ्केत दिइनन् ।

ठिक एक वर्ष पहिला साइबर आक्रमणमा ९० लाखभन्दा ग्राहकको व्यक्तिगत डाटा चोरी भएको थियो । छुट्टै विज्ञप्तिमा कम्पनीले सबै सेवाहरू पुनः सञ्चालन गर्न केही घन्टा लाग्न सक्ने बताएको छ । अस्ट्रेलियाली सरकारले मोबाइल फोन, ल्यान्डलाइन र ब्रोडब्यान्ड इन्टरनेट प्रभावित भएको बताएको छ ।

एक करोडभन्दा बढी ग्राहक भएको अस्ट्रेलियाको दोस्रो सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी अप्टसले स्थानीय समयानुसार बिहान करिब ४ः०५ बजे सेवा अवरुद्ध भएको थाहा पाएको बताएको छ । इन्जिनियरहरूले समस्या समाधान गर्न प्रयास जारी राख्दा नौ घन्टासम्म व्यापक समस्याहरूले अप्टस नेटवर्कलाई दुःख दियो ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  २ : ५६ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००