यू १९ एसिया कप क्रिकेट : नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने « Khabarhub

यू १९ एसिया कप क्रिकेट : नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एसियन क्रिकेट काउन्सिल एसीसीले यू–१९ एसिया कपको खेल तालिका सार्वजनिक गरेको छ ।

बुधबार सार्वजनिक गरिएको तालिकाअनुसार नेपालले आफ्नो पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ ।

आउँदो २२ मंसिरमा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने नेपालले समूह ए मा रहेका भारत र अफगानिस्तानसँग पनि खेल्नेछ । जसअनुसार नेपालले २४ मंसिरमा अफगानिस्तान र २६ मंसिरमा भारतसँग खेल्नेछ ।

आउँदो २२ मंसिरदेखि युनाइटेड अरब इमिरेट्स यूएईमा हुने प्रतियोगितामा कुल आठ टिमको सहभागिता रहनेछ । जसलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘बी’मा बंगलादेश, श्रीलंका, जापान र घरेलु टिम यूएई छन् । प्रत्येक समूहका शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको सेमिफाइनल २९ मंसिरमा र फाइनल १ पुसमा हुनेछ ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ३ : ५२ बजे

मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग

नयाँदिल्ली– विवादास्पद मतदाता सूची संशोधनको विरोधमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश

सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार

क्यानाडासँग व्यापार वार्ता फेरि सुरु गर्न हतार छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पुनः सुरु गर्न

बैतेश्वरमा भलिबलको रौनक, विजेतालाई १ लाख पुरस्कार

दोलखा– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका–७ पाल्ले

बाढीमा बेपत्ताको मृत्यु घोषणा गर्न कानुन संशोधन गर्दै छौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बाढीमा बेपत्ता