यू १९ एसिया कप क्रिकेट : नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने | Khabarhub Khabarhub

यू १९ एसिया कप क्रिकेट : नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एसियन क्रिकेट काउन्सिल एसीसीले यू–१९ एसिया कपको खेल तालिका सार्वजनिक गरेको छ ।

बुधबार सार्वजनिक गरिएको तालिकाअनुसार नेपालले आफ्नो पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ ।

आउँदो २२ मंसिरमा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने नेपालले समूह ए मा रहेका भारत र अफगानिस्तानसँग पनि खेल्नेछ । जसअनुसार नेपालले २४ मंसिरमा अफगानिस्तान र २६ मंसिरमा भारतसँग खेल्नेछ ।

आउँदो २२ मंसिरदेखि युनाइटेड अरब इमिरेट्स यूएईमा हुने प्रतियोगितामा कुल आठ टिमको सहभागिता रहनेछ । जसलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘बी’मा बंगलादेश, श्रीलंका, जापान र घरेलु टिम यूएई छन् । प्रत्येक समूहका शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको सेमिफाइनल २९ मंसिरमा र फाइनल १ पुसमा हुनेछ ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ३ : ५२ बजे

एम्बाप्पे रियल म्याड्रिडमा आवद्ध हुने

काठमाडौं । फ्रेन्च फुटबलर किलीयन एम्बाप्पे अन्ततः रियल म्याड्रिड जाने

प्रसूति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले प्रसूति तथा स्त्री

लागुऔषधसहित दुई जना पक्राउ

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष प्रहरी टोलीले प्रतिबन्धित

 अर्थसंक्षेप : बजेटमा नुवाकोटको बाटोको पैसा काटिएको प्रकाशशरणको गुनासोदेखि एमालेको असन्तुष्टिसम्म

सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा नुवाकोटका सडकका रकम

सिक्किममा बढारिए पवन चाम्लिङ, पीएस गोलेलाई प्रचण्ड बहुमत

सिक्किम- नेपालको छिमेकी भारतीय राज्य सिक्किममा प्रेमसिंह तामाङ (पीएस गोले)