मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान १४ मंसिरबाट सुरु गर्ने एमालेको निर्णय « Khabarhub

मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान १४ मंसिरबाट सुरु गर्ने एमालेको निर्णय


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले)ले मंसिर १४ गते देखि तीन साता लामो मध्यपहाडी लोकमार्ग पदयात्रा गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय च्यासलमा बुधबार बसेको एमाले सचिवालय बैठकले ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर मध्यपहाडी लोकमार्ग पदयात्रा गर्ने निर्णय गरेको हो । पहाडको बिकासको समस्या पहिचान गरि समृद्धिलाई अघि बढाउने अभियानको मूख्य लक्ष्य भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

त्यस्तै सामाजिक सद्भाव बढाउदै एकता कायम गर्ने र निराशाको खेती मौलाउने प्रवृतिलाई दूर गर्न अभियान केन्द्रीत हुने उनले बताए । मध्यपहाडी लोकमार्ग पदयात्रामा परिचालनको निर्णय गर्न आगामी मंसिर ६ गते काठमाडौंमा केन्द्रीय कमिटीको छैटौ बैठक गर्ने निर्णय बैठकले गरेको उनले बताए ।

बैठकले जाजरकोट भूकम्पका कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ । भूकम्पका कारण घरबास गुमाएकाहरुको अस्थायी बसोबासको व्यवस्था गर्न मंसिर १ गतेदेखि भूकम्प प्रभावित क्षेत्रमा स्वयंसेवक अभियान सञ्चालन गर्ने निर्णय गरेको ज्ञवालीले बताए । उनले प्रभावित क्षेत्रमा राहत बितरण गर्ने क्रममा राजनीतिकरण देखिएकाले पारदर्शी, निष्पक्ष र प्रभावकारी रुपमा राहत अभियान सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराइएको जानकारी दिए ।

बैठकले माघ मसान्तभित्र सम्पन्न गर्ने भनिएको पार्टी जिल्ला अधिवेशन जेठ मसान्तभित्र गर्न सक्ने गरि निर्णय गरिएको ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ४ : ३१ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का