'चीनले ११ खर्ब डलर ऋण उठाउन बाँकी' | Khabarhub Khabarhub

‘चीनले ११ खर्ब डलर ऋण उठाउन बाँकी’


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनले ११ खर्ब अमेरिकी डलर ऋण उठाउन बाँकी रहेको पाइएको छ । विकास लगानीबारे तथ्यांक राख्दै आएको ‘एड डेटा’ ले सार्वजनिक गरेको प्रतिवेदनमा चीनले विश्वका विकासशील मुलुकहरुबाट ११ खर्ब अमेरिकी डलर ऋण उठाउन बाँकी रहेको उल्लेख गरिएको छ । यसमा मूलधन समावेश भएपनि ब्याज भने समावेश छैन ।

एड डेटाका अनुसार यीमध्ये आधाभन्दा धेरै ऋणको मूलधन तिर्ने भाका आइसकेको छ । प्रतिवेदनअनुसार दशकको अन्त्यमा यो अनुपात ७५ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ ।

चीनका राष्ट्रपति सी जिन्पिङले एक दशकअघि बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना घोषणा गरेका थिए । हाल विश्वका विभिन्न १५० मुलुकमा यस परियोजना विस्तार भइसकेको छ ।

बीआरआई अन्तर्गत चीनले विश्वका निम्न एवम् मध्यम आय भएका मुलुकलाई पुल, बन्दरगाह, सडकमार्ग, रेलमार्गजस्ता पूर्वाधारको विकास गर्न भारी मात्रामा ऋण प्रदान गरेको छ ।

विभिन्न १६५ मुलुकमा सञ्चालित २१ हजार परियोजनाको अध्ययनपछि तयार पारिएको प्रतिवेदनमा चीनले न्यून एवम् मध्यम आय भएका मुलुकलाई ८० अर्ब डलर प्रतिवर्ष ऋणस्वरुप प्रदान गर्ने गरेको पाइएको छ । यसको तुलनामा अमेरिकाले भने यस्ता मुलुकहरुलाई केबल ६० अर्ब डलरमात्रै प्रदान गर्ने गरेको छ ।

चीनले ऋण प्रदान गरेका ८० प्रतिशत विकासशील मुलुकले हाल आर्थिक समस्या झेलिरहेकोसमेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बीआरआईका समर्थकहरु भने यस परियोजनाले विकासशील मुलुकलाई स्रोत एवम् आर्थिक वृद्धि प्रदान गर्ने बताउने गरेका छन् । यता आलोचकहरुले भने बीआरआई परियोजनामा व्याप्त अपारदर्शीतालाई लिएर प्रश्न उठाउने गरेका छन् ।

एड डेटाको प्रतिवेदनले विकासशील मुलुकमा चीनको प्रतिष्ठामा पनि आँच आएको देखाएको छ । सन् २०१९ मा विकासशील मुलुकका ५६ प्रतिशत जनताले चीनप्रति सकारात्मक दृष्टिकोण राख्ने भएपनि सन् २०२१ मा त्यो घटेर ४० प्रतिशतमा पुगेको प्रतिवेदनमा उल्लेख छ ।

यद्यपि चीनले विगतका गल्तीहरुबाट पाठ सिक्दै जोखिम व्यवस्थापनमा सुधार गर्दै लगेको जनाइएको छ ।

 

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ५ : ४० बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून