‘चीनले ११ खर्ब डलर ऋण उठाउन बाँकी’ « Khabarhub

‘चीनले ११ खर्ब डलर ऋण उठाउन बाँकी’


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनले ११ खर्ब अमेरिकी डलर ऋण उठाउन बाँकी रहेको पाइएको छ । विकास लगानीबारे तथ्यांक राख्दै आएको ‘एड डेटा’ ले सार्वजनिक गरेको प्रतिवेदनमा चीनले विश्वका विकासशील मुलुकहरुबाट ११ खर्ब अमेरिकी डलर ऋण उठाउन बाँकी रहेको उल्लेख गरिएको छ । यसमा मूलधन समावेश भएपनि ब्याज भने समावेश छैन ।

एड डेटाका अनुसार यीमध्ये आधाभन्दा धेरै ऋणको मूलधन तिर्ने भाका आइसकेको छ । प्रतिवेदनअनुसार दशकको अन्त्यमा यो अनुपात ७५ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ ।

चीनका राष्ट्रपति सी जिन्पिङले एक दशकअघि बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना घोषणा गरेका थिए । हाल विश्वका विभिन्न १५० मुलुकमा यस परियोजना विस्तार भइसकेको छ ।

बीआरआई अन्तर्गत चीनले विश्वका निम्न एवम् मध्यम आय भएका मुलुकलाई पुल, बन्दरगाह, सडकमार्ग, रेलमार्गजस्ता पूर्वाधारको विकास गर्न भारी मात्रामा ऋण प्रदान गरेको छ ।

विभिन्न १६५ मुलुकमा सञ्चालित २१ हजार परियोजनाको अध्ययनपछि तयार पारिएको प्रतिवेदनमा चीनले न्यून एवम् मध्यम आय भएका मुलुकलाई ८० अर्ब डलर प्रतिवर्ष ऋणस्वरुप प्रदान गर्ने गरेको पाइएको छ । यसको तुलनामा अमेरिकाले भने यस्ता मुलुकहरुलाई केबल ६० अर्ब डलरमात्रै प्रदान गर्ने गरेको छ ।

चीनले ऋण प्रदान गरेका ८० प्रतिशत विकासशील मुलुकले हाल आर्थिक समस्या झेलिरहेकोसमेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बीआरआईका समर्थकहरु भने यस परियोजनाले विकासशील मुलुकलाई स्रोत एवम् आर्थिक वृद्धि प्रदान गर्ने बताउने गरेका छन् । यता आलोचकहरुले भने बीआरआई परियोजनामा व्याप्त अपारदर्शीतालाई लिएर प्रश्न उठाउने गरेका छन् ।

एड डेटाको प्रतिवेदनले विकासशील मुलुकमा चीनको प्रतिष्ठामा पनि आँच आएको देखाएको छ । सन् २०१९ मा विकासशील मुलुकका ५६ प्रतिशत जनताले चीनप्रति सकारात्मक दृष्टिकोण राख्ने भएपनि सन् २०२१ मा त्यो घटेर ४० प्रतिशतमा पुगेको प्रतिवेदनमा उल्लेख छ ।

यद्यपि चीनले विगतका गल्तीहरुबाट पाठ सिक्दै जोखिम व्यवस्थापनमा सुधार गर्दै लगेको जनाइएको छ ।

 

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ५ : ४० बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।