पूर्वमन्त्री आलमविरूद्धको मुद्दामा बहस नोट पेस गर्न अदालतको आदेश « Khabarhub

पूर्वमन्त्री आलमविरूद्धको मुद्दामा बहस नोट पेस गर्न अदालतको आदेश


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलमको मुद्दामा १५ दिनभित्र बहस नोट पेस गर्न रौतहट जिल्ला अदालतले आदेश दिएको छ ।

बुधबार अन्तिम बहस सकिएपछि फैसलाअघि अदालतले आलमको मुद्दामा बहस नोट मागेको हो।

यसअघि नै सरकारी वकिल र आलमका कानुन व्यवसायीले बहस गरेका थिए। जिल्ला न्यायाधीश बाबुकाजी बानियाँको इजलासमा उनको मुद्दामा अन्तिम बहस सुरू भएको थियो।

इँटा भट्टामा जिउँदै मान्छे जलाएको आरोप पूर्वमन्त्री आलमलाई २०७६ असोजमा प्रहरीले पक्राउ गरेको थियो । २७ चैत २०६४ मा रौतहटको राजपुरमा भएको बम विस्फोटमा परेर घाइते भएका त्रिलोकप्रताप सिंह, ओसी अख्तरलगायतलाई जिउँदै जलाएको उनीमाथि आरोप रहेको छ । उनी अहिले पुर्पक्षका लागि थुनामा छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ७ : ५८ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस ५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ५ गते शनिबार तदनुसार

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत