पूर्वमन्त्री आलमविरूद्धको मुद्दामा बहस नोट पेस गर्न अदालतको आदेश « Khabarhub

पूर्वमन्त्री आलमविरूद्धको मुद्दामा बहस नोट पेस गर्न अदालतको आदेश


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलमको मुद्दामा १५ दिनभित्र बहस नोट पेस गर्न रौतहट जिल्ला अदालतले आदेश दिएको छ ।

बुधबार अन्तिम बहस सकिएपछि फैसलाअघि अदालतले आलमको मुद्दामा बहस नोट मागेको हो।

यसअघि नै सरकारी वकिल र आलमका कानुन व्यवसायीले बहस गरेका थिए। जिल्ला न्यायाधीश बाबुकाजी बानियाँको इजलासमा उनको मुद्दामा अन्तिम बहस सुरू भएको थियो।

इँटा भट्टामा जिउँदै मान्छे जलाएको आरोप पूर्वमन्त्री आलमलाई २०७६ असोजमा प्रहरीले पक्राउ गरेको थियो । २७ चैत २०६४ मा रौतहटको राजपुरमा भएको बम विस्फोटमा परेर घाइते भएका त्रिलोकप्रताप सिंह, ओसी अख्तरलगायतलाई जिउँदै जलाएको उनीमाथि आरोप रहेको छ । उनी अहिले पुर्पक्षका लागि थुनामा छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ७ : ५८ बजे

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ– नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको

तीन दिनसम्म वर्षाको सम्भावना, लगातार झरी नपर्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले तीन दिनसम्म वर्षाको सम्भावना

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको