हेटौंडाबाट पटका र अवैध चिनी बरामद « Khabarhub

हेटौंडाबाट पटका र अवैध चिनी बरामद


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


879
Shares
  • change font
  • change font
  • change font

हेटौंडा – हेटौंडाबाट विभिन्न परिमाणको पटका र चिनी बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले बुधबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ चुरियामाई पिपल चौतारामा वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको बा.४९ प १२८० नम्बरको मोटरसाइकलबाट पटका बरामद गरेको हो।

मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले चिनीको बोराभित्र लुकाएर ल्याएको अवस्थाको नागिन पटका ८ हजार ४ सय पिस, चक्करी पटका एक प्याकेट, बुलेट बम पटका २ प्याकेट र फ्लावरकोन पटका एक प्याकेट नियन्त्रणमा लिइएको जानकारी दिए।

यस्तै, प्रहरीले पटका लुकाएर ल्याइएको चिनी अन्दाजी ५० केजीसमेत बरामद गरेको छ। पटका ल्याउने मोटरसाइकलचालकलाई भने छोडिदिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ९ : १३ बजे

२५ वर्षपछि कोभेन्ट्रीको प्रिमियर लिगमा ऐतिहासिक जित: नोटिङघम फरेस्ट १-० ले पराजित

काठमाडौँ – अप्रिल २००१ को समयपछि बेलायती फुटबलको शीर्ष डिभिजन

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ– गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विकासकारी विपद्

गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक भारतीय युवकको मृत्यु

झापा– झापा गाउँपालिका–४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज– वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २३ अर्ब ४६

केही भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल