विश्वकप क्रिकेटमा इंग्ल्यान्डको दोस्रो जित « Khabarhub

विश्वकप क्रिकेटमा इंग्ल्यान्डको दोस्रो जित


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


990
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ । बुधबार नेदरल्यान्ड्सलाई १६० रनले पराजित गर्दै इंग्ल्यान्डले दोस्रो जित निकालेको हो । यो जितसँगै च्याम्पियन्स ट्रफिका लागि छनोट हुने इंग्ल्यान्डको सम्भावना कायमै रहेको छ ।

पुनेमा ३ सय ४० रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्स ३७.२ ओभर १ सय ७९ रन बनाएर अलआउट भयो । उसका लागि तेजा निदामनुरुले सर्वाधिक ४१ रन बनाए । यस्तै स्कट एडवार्ड्सले ३८ र वेल्सी बरेसीले ३७ रन बनाए ।

बलिङतर्फ इंग्ल्यान्डका मोइन अली र अदिल रसिदले ३–३ विकेट लिए।

त्यसअघि इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३९ रन बनाएको थियो । उसका लागि बेन स्टोक्सले ८४ बलमा १ सय ८ रन बनाए । ओपनर डाविड मालनले पनि ७४ बलमा ८६ रनको महत्त्वपूर्ण योगदान दिए । भने त्रिस बक्सले ४५ बलमा ६१ रन बनाए । नेदरल्यान्ड्सका बास डी लिडले ३ विकेट लिए।

 

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  १० : १८ बजे

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा

करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट अवैध लागुऔषध