वेस्ट ह्यामसँग टोटनह्याम २-१ ले पराजित | Khabarhub Khabarhub

वेस्ट ह्यामसँग टोटनह्याम २-१ ले पराजित


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँईङलिश प्रिमियर लिग अन्तर्गत वेस्ट ह्याम युनाइटेडले टोटनह्यामलाई स्तब्ध बनाएको छ । गएराती सम्पन्न खेलमा वेस्ट ह्याम युनाइटेडले टोटनह्यामलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको ११औ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता लिएको टोटनह्यामले आफ्नो अग्रता जोगाउन नसक्दा खेलमा हार बेहोरेको थियो । वेस्ट ह्याम पहिलो हाफमा १-० ले पछि रहेपनि दोस्रो हाफमा शानदार कमब्याक गर्दै खेल जितेको थियो ।

वेस्ट ह्यामको जितमा जारोड बोवेन र जेम्स वार्ड प्रवाउसले एक एक गोल गरेका थिए । त्यस्तै टोटनह्यामका लागि क्रिस्टियन रोमेरोले एक गोल गरेका थिए । 

यो जितपछि वेस्ट ह्यामको १५ खेलमा २४ अंक भएको छ र लिगमा नवौं स्थानमा उक्लिएको छ । त्यसैगरी टोटनह्यामको भने यो यस सिजनमा चौथो हार हो । यो खेलपछि टोटनह्यामको १५ खेलमा २७ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ९ : ३६ बजे

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर

अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

अर्घाखाँची– अर्घाखाँचीको सुपादेउराली मन्दिरमा जानआउन केबलकार निर्माण गरिने भएको छ