वेस्ट ह्यामसँग टोटनह्याम २-१ ले पराजित « Khabarhub

वेस्ट ह्यामसँग टोटनह्याम २-१ ले पराजित


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ईङलिश प्रिमियर लिग अन्तर्गत वेस्ट ह्याम युनाइटेडले टोटनह्यामलाई स्तब्ध बनाएको छ । गएराती सम्पन्न खेलमा वेस्ट ह्याम युनाइटेडले टोटनह्यामलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको ११औ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता लिएको टोटनह्यामले आफ्नो अग्रता जोगाउन नसक्दा खेलमा हार बेहोरेको थियो । वेस्ट ह्याम पहिलो हाफमा १-० ले पछि रहेपनि दोस्रो हाफमा शानदार कमब्याक गर्दै खेल जितेको थियो ।

वेस्ट ह्यामको जितमा जारोड बोवेन र जेम्स वार्ड प्रवाउसले एक एक गोल गरेका थिए । त्यस्तै टोटनह्यामका लागि क्रिस्टियन रोमेरोले एक गोल गरेका थिए । 

यो जितपछि वेस्ट ह्यामको १५ खेलमा २४ अंक भएको छ र लिगमा नवौं स्थानमा उक्लिएको छ । त्यसैगरी टोटनह्यामको भने यो यस सिजनमा चौथो हार हो । यो खेलपछि टोटनह्यामको १५ खेलमा २७ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ९ : ३६ बजे

बाढीबाट क्षति पुगेको बेनी खानेपानीको पाइपलाइन मर्मत गरिँदै

म्याग्दी– गत असोजको झरीपछिको बाढी पहिरोका कारण क्षतिग्रस्त म्याग्दीको सदरमुकाम

शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुन: सहकार्य

काठमाडौं– मारिकोले आफ्नो बेबी केयर ब्रान्ड प्यारासुट एडभान्स्ड बेबीमार्फत सामाजिक

विपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड अनुदान

बागलुङ– बागलुङका विपद् सङ्कटग्रस्त स्थानीय तहलाई सङ्घीय सरकारले पहिलो चरणमा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

हेटौँडा– भीमफेदी गाउँपालिका–८ इपादेउरालीमा आज बिहान बसको ठक्करबाट एक जना महिलाको

एनएमबि बैंक र भिजाबीच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता

काठमाडौं– एनएमबि बैंक लिमिटेडले भिजासँग ’भिजा डाइरेक्ट टू एकाउन्ट सेवाका लागि