बाङ्गेचौर आधारभूत रङ्गशाला : बजेट विनियोजन भयो, कार्यान्वयन भएन | Khabarhub Khabarhub

बाङ्गेचौर आधारभूत रङ्गशाला : बजेट विनियोजन भयो, कार्यान्वयन भएन


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

गलकोट– बागलुङको बाङ्गेचौर खेलमैदानलाई रङ्गशाला बनाउने योजना बनेको धेरै वर्ष बित्यो । रङ्गशाला निर्माणका लागि बजेट विनियोजन समेत भएर कार्यान्वयनमा आउन सकेको छैन । 

बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे भएर खेलाडीलाई सास्ती भएको बाङ्गेचौर खेलमैदानलाई रङ्गशाला बनाउनका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बन्यो, बजेट आयो तर कार्यान्वयन भने भएन ।

बागलुङ नगरपालिकाले बाङ्गेचौर खेलमैदानलाई आधारभूत रङ्गशाला बनाउने गरी समपूरक योजनामा समावेश गरेकै चार वर्ष पुगेको बताइएको छ । यसका लागि आवश्यक रु आठ करोड २२ लाख बजेटसमेत विनियोजन भयो तर रङ्गशाला विस्तारमा वन बाधक बनेपछि कार्यान्वयनमा आउन नसकेको हो ।

बागलुङ नगरपालिकाको रु चार करोड ११ लाख र राष्ट्रिय योजना आयोगको सिफारिसमा विनियोजन भएको रु चार करोड ११ लाख बजेट तीन वर्ष लगातार आए पनि कार्यान्वयन गर्न नसकिएको बागलुङ नगरपालिकाले जनाएको छ ।

डिपिआरमा उल्लेख भएअनुसार रङ्गाशाला निर्माणका लागि रामरेखा सामुदायिक वनभित्रको झण्डै एक सय ५० रुख फडानी गर्न आवश्यक रहे पनि वनले समन्वय गर्न नसक्दा करोडौँको बजेट कार्यान्वयनमा नआएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए ।

‘अघिल्ला जनप्रतिनिधिले साझेदारीमा योजना पारेका थिए, वार्षिकरूपमा ५०-५० प्रतिशतले नगरपालिका र सङ्घीय सरकारले बजेट हाल्दा तीन वर्षमा तीन हजार दर्शक अटाउने प्यारापिट बन्ने थियो’, उनले भने, ‘तर बजेट लगातार तीन वर्षसम्म आइरह्यो, हामीले अन्तिम वर्ष भए पनि कार्यान्वयनमा लैजाने भनेर लागिपर्यौँ, वनकै समस्याका कारण सकिएन ।’

उपप्रमुख खड्काले बजेट आउञ्जेल वनले रूख कटान गर्न नदिएको जनाउँदै यस वर्षबाट बजेट कटौती गरेपछि वनले बल्ल सकारात्मक कुरा गरेको जानकारी दिए। बहुवर्षीय योजनाका रूपमा बजेट विनियोजन भए पनि संक्षिप्‍त वातावरणीय मूल्यांकनले रुख कटान गर्न नदिने जनाउँदै वातावरणीय प्रभाव मूल्यांकन गर्न एक वर्ष लाग्ने भएपछि बजेट कार्यान्वयनमा नआएको हो ।

तत्कालीन खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर परियारको नेतृत्वमा पाँच वर्षअघि रङ्गशालाको विस्तृत प्ररियोजना प्रतिवेदन (डिपिआर) रु ३० लाख खर्चेर तयार गरिएको थियो । डिपिआरमा रङ्गाशाला बनाउन ३० करोडभन्दा बढी खर्च लाग्ने उल्लेख गरिएको थियो । डिपिआरअनुसार उपल्लो भागमा मध्यपहाडी लोकमार्गले छोएकाले तल्लो भागमा बढाउनुपर्ने र तल्लो भागमा एक सय ५० भन्दा बढी रुख कटान गर्न आवश्यक देखिएको थियो । रुख कटानपूर्व वातावरणीय प्रभाव मूल्यांकन गर्न आवश्यक रहे पनि उक्त काम गर्न एक वर्ष लाग्ने र सो समयमा बजेट ‘फ्रिज’ भइसकेको बागलुङ नगरपालिकाका इन्जिनियर सोविन घर्तीले जानकारी दिए। 

खेलमैदानको पूर्वतर्फ प्यारापिटलगायतको संरचना निर्माण भइसक्ने बेलामा बजेट कार्यान्वयनमा आउन नसक्नु दुःखद् रहेको जनाउँदै उनले वन मन्त्रालयमा फाइल डुल्दाडुल्दै बजेट फर्केको बताए । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गसँगै जोडिएको खेलमैदान सडकको मापदण्ड छाडेर बनाउँदा पूर्वपट्टिका रुख फडानी गर्नका लागि रामरेखा सामुदायिक वनसहित वन मन्त्रालयले चासो नदिएपछि बजेट कार्यान्वयनमा नआएको हो । 

रङ्गशाला ३५ रोपनी जग्गामा निर्माण गर्न थालिएको छ । स्थानीय पालिका र वनबीचको समझदारी समयमै नबन्दा विनियोजन भएको बजेट कार्यान्वयनमा नआउनु दुःखद रहेको जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।

रङ्गाशाला निर्माणका लागि आएको बजेट कार्यान्वयन नहुँदा खेल क्षेत्रका लागि दुर्भाग्य रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  १० : ३५ बजे

कांग्रेसले भन्यो : रविमाथि छानबिन गर्न समिति नबनेसम्म संसदअघि बढ्दैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणबारे

सियरा लियोनमा विषाक्त खानाको कारण १०४ जना अस्पताल भर्ना

फ्रिटाउन – सियरा लियोनको राजधानी फ्रिटाउनमा एउटा कुकरी पसलबाट दूषित

प्रधानमन्त्रीलाई अघिल्लो पटकभन्दा बढी विश्वासको मत प्राप्त हुन्छ : माधव सापकोटा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले

आजका समाचार : संसदमा रविकाे जवाफ, विश्वासको मत रोक्न सर्वोच्चमा रिट

कांग्रेसलाई रविको प्रश्न : मैले गृहमन्त्री हुँदा नैतिकताको प्रश्न उठाउनेले

प्रादेशिक चलचित्र विकास बोर्ड गठन गर्छौँ : मुख्यमन्त्री कार्की

झापा– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चलचित्र क्षेत्रको समृद्धिका लागि