इलामको सन्दकपुर क्षेत्रमा हिमपात | Khabarhub Khabarhub

इलामको सन्दकपुर क्षेत्रमा हिमपात


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

मंगलबारे इलामको माथिल्लो क्षेत्र सन्दकपुर आसपासमा हिमपात भएको छ । वर्षापछि सो क्षेत्रमा हिउँ पर्न थालेको हो । भारतसँग सीमा जोडिएको सन्दकपुर गाउँपालिकाको जौबारी, कालपोखरीलगायतका क्षेत्रमा हिमपात भएको  स्थानीय लाक्पा शेर्पाले जानकारी दिए। उनका अनुसार हिउँ परेर चिसो बढेसँगै सो क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

बिहीबार दिउँसोदेखि हिउँ पर्न सुरु गरेको र आज पनि बिहानैबाट हिउँ झरेको जनाइएको छ । सन्दकपुर जिल्लाकै अग्लो स्थान हो । यसको उचाइ तीन हजार छ सय ३६ मिटर रहेको छ । हिउँ परेर चिसो बढेसँगै सो क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

बूढापाका तथा बालबालिकालाई समस्या भए पनि युवाहरू हिउँमा नै रमाउने गरेका छन् । दीर्घरोगी गोठमा नै बस्नेलाई समेत समस्या पर्ने गरेको छ । हिउँ परेपछि जिल्लाका अन्य क्षेत्रबाट हिउँ खेल्न पर्यटकसमेत जान थालेको बताइएको छ ।

घर बाहिरको काम गर्न समस्या भएको छ । वस्तुलाई घाँस काट्न समस्या भए पनि किसानलाई भने हिउँले राहत मिल्ने बताइएको छ । सुक्खा रहेको जमिन हिउँले लामो समयसम्म चिस्यान गराउने किसानको भनाइ छ ।

हिउँदका दिनमा पनि आक्कलझुक्कल हिउँ पर्ने भएपछि हिउँसँग रमाउनेसमेत उत्तिकै भेट्टिन्छन् । स्थानीय लाक्पा शेर्पाले हिउँ परेपछि पर्यटक बढ्ने बताएका छन्। उनले गएको वर्ष बाक्लो हिउँ नपरेको तर यस वर्ष सुरुदेखि नै हिउँ पर्न थालेको जानकारी दिए । हिउँ खेल्नका लागि जाने पर्यटककै कारण सो क्षेत्रका होटलसमेत भरिभराउ हुने गरेका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  १० : ४२ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई