काठमाडौँ– नागढुंगाबाट प्रहरीले २ केजी सुन बरामद गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंबाट खटिएको टोलीले नागढुंगाबाट दुई किलो सुन बरामदसहित ३ जनालाई शुक्रबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा रसुवाको गोसाइकुण्डका ग्यालछिङ तामाङ, बिरु तामाङ र सुनिल भुजेल छन् । उनीहरूमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।
रसुवाबाट काठमाडौं आउँदै गरेको ०१–०२८ च२६९६ नम्बरको स्कार्पियो गाडीबाट उक्त सुन फेला परेको हो ।
यो पनि हेनुहोस्….
१४ किलो सुनबारे छानबिन गर्न ६ सदस्यीय समिति गठन
त्रिभुवन विमानस्थलबाट १४ किलो सुन बरामद, दुई जना पक्राउ
प्रतिक्रिया