१४ किलो सुनबारे छानबिन गर्न ६ सदस्यीय समिति गठन | Khabarhub Khabarhub

१४ किलो सुनबारे छानबिन गर्न ६ सदस्यीय समिति गठन


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विमानस्थलबाट बिहीबार राति बरामद भएको १४ किलो सुनबारे छानबिन गर्न समिति गठन गरेको छ । प्रमुख भन्सार प्रशासक टोपराज पाण्डेको संयोगकत्वमा ६ सदस्यीय समिति गठन गरेको हो । 

समितिका सदस्यमा प्रहरी नायब उपरीक्षक प्रकाश सुवेदी, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, भन्सार अधिकृत प्रकाश निरौला, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुङ्गाना रहेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्र्याउन लागिएको झन्डै १४ किलो सुन भन्सार कार्यालयका कर्मचारीहरूले बरामद गरेका हुन्।

फ्लाई दुबईको फ्लाइट एफजेड ५७३ मार्फत बिहीबार राति काठमाडौं आएका चन्द्र घलेलाई ११ बजेर ४० मिनेटमा सुनसहित नियन्त्रणमा लिइएको थियो । घलेको साथबाट करिव १४ किलो सुन बरामद भएको थियो । उनीसंगै गोरखाका मीनबहादुर घलेलाई पक्राउ परेका छन् ।

यो पनि हेनुहोस्…..

त्रिभुवन विमानस्थलबाट १४ किलो सुन बरामद, दुई जना पक्राउ

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  १२ : ५२ बजे

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास

एयर इन्डिया विमान दुर्घटना: एक पाइलटले सोधेका थिए- के तिमीले इन्जिन बन्द गर्‍याै ?

नयाँ दिल्ली – १२ जुनमा एअर इन्डियाको जहाज भारतक अहमदाबादबा