मुख्यमन्त्री कार्कीद्वारा हात्तीको बथानले क्षति पुर्‍याएका घरको निरीक्षण « Khabarhub

मुख्यमन्त्री कार्कीद्वारा हात्तीको बथानले क्षति पुर्‍याएका घरको निरीक्षण


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले मोरङको बेलबारी नगरपालिका १० भाउन्नेस्थित जङ्गली हात्तीको आक्रमणबाट क्षति भएका घर र बालीको आज निरीक्षण गरेका छन् ।

गएराति स्थानीय विन निरौला र तीर्थ दाहालको घरमा हात्तीले क्षति पुर्‍याएको थियो । पछिल्लो समय झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । विगत १५ दिनयता मात्रै हात्तीको आक्रमणबाट झापामा दुई, सुनसरी र मोरङमा एक÷एक जना गरी चार जनाको मृत्यु भइसकेको छ ।

बेलबारी १० भाउन्नेस्थित १० बिगाहाभन्दा बढी क्षेत्रमा लगाइएको मकै, केरालगायत बालीलाई हात्तीले क्षति पुर्‍याएपछि मुख्यमन्त्री कार्कीले सो क्षेत्रको निरीक्षण एवं अनुगमन गरेका हुन् । हात्तीको आक्रमणबाट किसानलाई ठूलो क्षति भएको बेलबारी–१० का वडाअध्यक्ष गङ्गाबहादुर याखाले बताए ।

निरीक्षणका क्रममा मुख्यमन्त्री कार्कीले हात्तीलाई दिउँसोभन्दा रातको समयमा मानव बस्ती पस्न नदिन र नियन्त्रणमा राख्न सम्बन्धित निकायलाई निर्देशन दिए । कोशी प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदीले २७ वटा हात्तीको बथानले मानव बस्तीमा प्रवेश गरी जनधनको क्षति पुर्‍याएको बताए ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  २ : १६ बजे

पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो

कास्की – पोखराको मुख्य बजार क्षेत्रमा अहिले बिजुलीको तार भूमिगत

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक ९ बजे

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर अस्पताल भर्ना

क्वालालम्पुर – मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद मङ्गलबार आफ्नै निवासमा लडेर

आजको मौसम : तराईमा हुस्सुले जनजीवन प्रभावित

काठमाडौं – बुधबार बिहान लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा

पल्सर स्पोर्टस अवार्ड आज पोखरामा

पोखरा – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुन