यही गठबन्धनलाई निरन्तरता दिए कांग्रेस नै सकिन्छ : नेता कोइराला « Khabarhub

यही गठबन्धनलाई निरन्तरता दिए कांग्रेस नै सकिन्छ : नेता कोइराला


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कम्युनिस्ट पार्टीसँगको गठबन्धनलाई निरन्तरता दिए विस्तारै कांग्रेस नै सकिने बताएका छन् ।

शुक्रबार काठमाडौंमा रीता शाहीद्वारा लिखित चिनारी नामक गजल संग्रह विमोचन गर्दै नेता काइरालाले लोकतान्त्रिक पार्टीसँग मात्र गठबन्धन हुने भन्दै कम्युनिस्ट पार्टीसँग गठबन्धनलाई अघि बढाए पार्टी विस्तारै सकिँदै जाने बताएका हुन् । उनले अहिलेको व्यवस्थामा गठबन्धन आवश्यक भएपनि चुनावपछि मात्रै गठबन्धन गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै, उनले अहिलेको अवस्थामा देश परिवर्तन गर्ने हो भने कांग्रेसलाई परिवर्तन गर्नुपर्ने उल्लेख गरे । कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले वादविवाद हुनु स्वभाविक भएको उनको भनाइ छ । कोइरालाले भ्रष्टाचार अन्त्य नगरेसम्म मुलुकमा सुशासन आउन नसक्ने र जनताको निराशालाई आशामा रुपान्तरण गर्न नसक्ने धारणा राखे ।

त्यस्तै कांग्रेस नेता रमेश लेखकले अहिलेको जनतामा देखिएको असन्तुष्टिप्रति पार्टी गम्भीर हुनुपर्ने बताए । उनले संविधान र व्यवस्थामाथिको असन्तुष्टिले अर्को गम्भीर दुर्भाग्य हुनसक्ने चिन्ता व्यक्त गरे ।

नेता लेखकले कुनै पार्टीको बहुमत नआउने विद्यमान समस्याको समाधान गर्नुको विकल्प नरहेको पनि बताए ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ३ : ५६ बजे

राष्ट्रियसभाको बैठक सुरु 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ । राष्ट्रियसभाको आजको

ग्यास पाउनु भएन, यो नम्बरमा फोन गर्नुस्

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवको सचिवालयले बजारमा

सुनसान पोखराको सहिद पार्क (तस्बिरहरू) 

पोखरा– आजभन्दा आठ वर्षअघिसम्म पोखराका मुख्य चोकमा फराकिलो ट्राफिक आइल्याण्ड थिए

५७ करोड १५ लाखभन्दा बढी राजस्व संकलन

जनकपुरधाम– आर्थिक वर्ष २०८२-८३ मा ५७ करोड १५ लाखभन्दा बढी

ग्यास संकटबीच आयल निगम कार्यकारी निर्देशकमा नागेन्द्र साह

काठमाडौं- देशभर एलपी ग्यास अभावका कारण उपभोक्ता लामो लाइनमा उभिन बाध्य