एनसेलको सेयर खरिदबिक्री प्रकरण : संसदीय समितिले प्रधानमन्त्री प्रचण्डलाई डाक्ने « Khabarhub

एनसेलको सेयर खरिदबिक्री प्रकरण : संसदीय समितिले प्रधानमन्त्री प्रचण्डलाई डाक्ने


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले एनसेलको सेयर खरिदबिक्रीबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बैठकमा डाक्ने भएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकले एनसेलका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समितिमा बोलाएर जानकारी लिने निर्णय गरेको हो । बैठकमा समिति सदस्यहरुले एनसेलका विषयमा प्रधानमन्त्रीसँगै जानकारी लिनुपर्ने धारणा राखेका थिए । सांसदहरुले प्रधानमन्त्रीलाई बोलाउनुपर्ने भनेपछि समितिले प्रधानमन्त्रीलाई समितिमा बोलाउन पत्राचार गर्ने निर्णय गरेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।

त्यसअघि, समिति बैठकमा सदस्य रघुजी पन्तले एनसेल खरिदबिक्री सम्बन्धमा प्रधानमन्त्री र सञ्चारमन्त्रीलाई समितिमा बोलाएर जानकारी माग गर्नुपर्ने बताए । एनसेलका विषयमा छलफल गर्दा कार्यक्षेत्रका बारेमा भने स्पष्ट हुनुपर्ने उनले बताए ।

त्यस्तै बैठकमा सांसद गगनकुमार थापाले एनसेलको शेयर खरिदबिक्रीमा राजनीतिक र प्रशासनिक नेतृत्वको ठूलो साठगाँठ हुनसक्ने बताए । उनले एनसेलको खरिदबिक्रीले दिर्घकालीन असर पुग्नसक्ने भएकाले समितिले गम्भीर भएर छलफल चलाउनुपर्नेमा जोड दिए ।

त्यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एनसेल खरिदबिक्री प्रकरणको यथार्य आउनुपर्ने बताए । उनले एनसेलको कर छलीका विषयमा यसअघि पनि बहस हुँदा गम्भीर हुन नसकेको र राजनीतिक तथा प्रशासनिक रुचि नदेखिएको तर्क गरे ।

त्यस्तै, अन्य सदस्यहरुले नियामक निकायलाई थाहा नै नदिई विदेशमा कम्पनी खडा गरी न्यून मूल्याङ्कनमा शेयर किनबेचका क्रममा ठूलो अनियमिता भएको हुनसक्ने भएकाले सरकारले समितिलाई प्रष्ट पार्नुपर्ने धारणा राखेका थिए ।

समिति बैठकले फास्ट ट्रयाकबारे नेपाली सेनासँग जानकारी लिने निर्णय गरेको छ भने सेनाको उमेर विवादका सम्बन्धमा समितिले रक्षा मन्त्रीसँग समेत छलफल गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ४ : २२ बजे

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको

विश्वध्वजासहितको पचपन्न हातको लिङ्गो उठाइयो

भक्तपुर – होस्टे, हैँसे….होस्टे, हैँसे…। आज चैतको अन्तिम दिन ।

ऊर्जामन्त्री श्रेष्ठद्वारा नीतिगत सुधार, सुशासन र सेवा प्रवाहमा जोड

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नीतिगत सुधार,

आईपीएल : शतक बनाउन ९ रनले चुके इशान, हैदरावादको चौथो विकेट पतन

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करण अन्तर्गत