एनसेलको सेयर खरिदबिक्री प्रकरण : संसदीय समितिले प्रधानमन्त्री प्रचण्डलाई डाक्ने « Khabarhub

एनसेलको सेयर खरिदबिक्री प्रकरण : संसदीय समितिले प्रधानमन्त्री प्रचण्डलाई डाक्ने


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले एनसेलको सेयर खरिदबिक्रीबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बैठकमा डाक्ने भएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकले एनसेलका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समितिमा बोलाएर जानकारी लिने निर्णय गरेको हो । बैठकमा समिति सदस्यहरुले एनसेलका विषयमा प्रधानमन्त्रीसँगै जानकारी लिनुपर्ने धारणा राखेका थिए । सांसदहरुले प्रधानमन्त्रीलाई बोलाउनुपर्ने भनेपछि समितिले प्रधानमन्त्रीलाई समितिमा बोलाउन पत्राचार गर्ने निर्णय गरेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।

त्यसअघि, समिति बैठकमा सदस्य रघुजी पन्तले एनसेल खरिदबिक्री सम्बन्धमा प्रधानमन्त्री र सञ्चारमन्त्रीलाई समितिमा बोलाएर जानकारी माग गर्नुपर्ने बताए । एनसेलका विषयमा छलफल गर्दा कार्यक्षेत्रका बारेमा भने स्पष्ट हुनुपर्ने उनले बताए ।

त्यस्तै बैठकमा सांसद गगनकुमार थापाले एनसेलको शेयर खरिदबिक्रीमा राजनीतिक र प्रशासनिक नेतृत्वको ठूलो साठगाँठ हुनसक्ने बताए । उनले एनसेलको खरिदबिक्रीले दिर्घकालीन असर पुग्नसक्ने भएकाले समितिले गम्भीर भएर छलफल चलाउनुपर्नेमा जोड दिए ।

त्यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एनसेल खरिदबिक्री प्रकरणको यथार्य आउनुपर्ने बताए । उनले एनसेलको कर छलीका विषयमा यसअघि पनि बहस हुँदा गम्भीर हुन नसकेको र राजनीतिक तथा प्रशासनिक रुचि नदेखिएको तर्क गरे ।

त्यस्तै, अन्य सदस्यहरुले नियामक निकायलाई थाहा नै नदिई विदेशमा कम्पनी खडा गरी न्यून मूल्याङ्कनमा शेयर किनबेचका क्रममा ठूलो अनियमिता भएको हुनसक्ने भएकाले सरकारले समितिलाई प्रष्ट पार्नुपर्ने धारणा राखेका थिए ।

समिति बैठकले फास्ट ट्रयाकबारे नेपाली सेनासँग जानकारी लिने निर्णय गरेको छ भने सेनाको उमेर विवादका सम्बन्धमा समितिले रक्षा मन्त्रीसँग समेत छलफल गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ४ : २२ बजे

रानी मुखर्जीको ‘मर्दानी ३’ रिलिज मिति सार्वजनिक 

काठमाडौं– बलिउडको चर्चित महिला–केन्द्रित प्रहरी फ्रेन्चाइज ‘मर्दानी’ फेरि एकपटक दर्शकमाझ

विपद्का घटनामा परी ४१५ जनाको मृत्यु, सबैभन्दा धेरै मृत्यु सर्पदंश र आगलागीका कारण

काठमाडौं– देशभर पछिल्लो ९ महिनामा विभिन्न विपद्का घटनामा परी ४१५

सुदन किराती र मेयर हर्क साम्पाङबीच भेट, निर्वाचन सहकार्यबारे छलफल

काठमाडौं– प्रगतिशील राष्ट्रिय अभियानका अध्यक्ष मण्डलका नेता सुदन किराती र

धनुषामा चार हजार ५२७ निर्वाचन प्रहरी भर्ना गरिने

धनुषा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि