एनसेल सेयर खरिदबिक्री प्रकरण : अध्ययन तथा छानबिन समितिले काम थाल्यो | Khabarhub Khabarhub

एनसेल सेयर खरिदबिक्री प्रकरण : अध्ययन तथा छानबिन समितिले काम थाल्यो


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एनसेलको सेयर खरिदबिक्री प्रकरण सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले काम थालेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले सेयर खरिदबिक्रीको निर्णय सम्बन्धमा प्रचलित कानुनको परिचालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीमा पर्न सक्ने असरलगायतका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरिएको र समितिले काम समेत सुरु गरिसकेको जानकारी दिइन् ।

त्यस्तै, मन्त्रिपरिषद्को निर्णय सार्वनिक गर्दै प्रवक्ता शर्माले विश्व बैंकबाट प्राप्त हुने करिव १३ अर्व नेपाली रुपैया ऋणसम्बन्धी सम्झौताको दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको बताइन् ।

जर्मन सरकारबाट प्रस्तावित करिब पाँच अर्ब नौ करोड अनुदान सहायता स्वीकार गर्ने समेत निर्णय भएको उनको भनाइ छ । पोलिटेक्निक इन्स्टिच्युट स्थापना र नेपाली कृषकलाई मल उपलब्ध गराउनका लागि साउदी अरब सरकारबाट प्राप्त हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको उनले बताइन् ।

मन्त्रिपरिषद्ले एकीकृत राष्ट्रिय सामाजिक सुरक्षा संरचना स्वीकृत गर्ने, नेपाल वादी हुने फौजदारी मुद्धाको अनुसन्धान तथा अभियोजनसम्बन्धी निर्देशिका स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ५ : ११ बजे

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्यिनसिप आजदेखि

काठमाडौं– सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ ।

विश्वकपमा अफगानिस्तानविरुद्ध ब्याटिङ गर्दै वेस्ट इन्डिज

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत अहिले वेस्ट इन्डिज र

प्रतिनिधिसभामा बजेटका शीर्षकमाथि मन्त्रालयगत छलफल जारी रहने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

बागमतीसहित केही प्रदेशमा बिहानैदेखि वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञन विभाग मौसम पूर्वानुमान महाशाखाले हाल