एनसेल सेयर खरिदबिक्री प्रकरण : अध्ययन तथा छानबिन समितिले काम थाल्यो « Khabarhub

एनसेल सेयर खरिदबिक्री प्रकरण : अध्ययन तथा छानबिन समितिले काम थाल्यो


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एनसेलको सेयर खरिदबिक्री प्रकरण सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले काम थालेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले सेयर खरिदबिक्रीको निर्णय सम्बन्धमा प्रचलित कानुनको परिचालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीमा पर्न सक्ने असरलगायतका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरिएको र समितिले काम समेत सुरु गरिसकेको जानकारी दिइन् ।

त्यस्तै, मन्त्रिपरिषद्को निर्णय सार्वनिक गर्दै प्रवक्ता शर्माले विश्व बैंकबाट प्राप्त हुने करिव १३ अर्व नेपाली रुपैया ऋणसम्बन्धी सम्झौताको दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको बताइन् ।

जर्मन सरकारबाट प्रस्तावित करिब पाँच अर्ब नौ करोड अनुदान सहायता स्वीकार गर्ने समेत निर्णय भएको उनको भनाइ छ । पोलिटेक्निक इन्स्टिच्युट स्थापना र नेपाली कृषकलाई मल उपलब्ध गराउनका लागि साउदी अरब सरकारबाट प्राप्त हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको उनले बताइन् ।

मन्त्रिपरिषद्ले एकीकृत राष्ट्रिय सामाजिक सुरक्षा संरचना स्वीकृत गर्ने, नेपाल वादी हुने फौजदारी मुद्धाको अनुसन्धान तथा अभियोजनसम्बन्धी निर्देशिका स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ५ : ११ बजे

चाहनाले नै मैले मधेसबाट चुनाव लड्ने निर्णय गरेको हुँ : सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनू : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था