एसीसी यू १९ एसिया कप : नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित « Khabarhub

एसीसी यू १९ एसिया कप : नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एसीसी यू १९ एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानसँग नेपाल पराजित भएको छ । दुबईमा भएको खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ५३ रनको लक्ष्य पाकिस्तानले २६ ओभर २ बलमा ३ विकेट गुमाउँदै भेट्टायो ।

पाकिस्तानका लागि अजान अविसले सर्वाधिक ५६ रन बनाए भने साद बाइगले ५० रन जोडे । नेपालका गुल्शन झाले २ विकेट लिए भने आकाश त्रिपाठीले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४७ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय ५२ रन बनायो ।

नेपालका लागि उत्तम मगरले सर्वाधिक ५१ रन बनाए । त्यस्तै, दिपेश कँडेलले ३१ र अर्जुन कुमालले २१ रन बनाउनुबाहेक अरु नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पाकिस्तानका लागि मोहम्मद जिसनले ६ विकेट लिए । त्यस्तै, आमिर हसनले २ विकेट लिए ।

 

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ५ : २३ बजे

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ

आज २०८२ साल माघ ९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी