एसीसी यू १९ एसिया कप : नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित « Khabarhub

एसीसी यू १९ एसिया कप : नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एसीसी यू १९ एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानसँग नेपाल पराजित भएको छ । दुबईमा भएको खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ५३ रनको लक्ष्य पाकिस्तानले २६ ओभर २ बलमा ३ विकेट गुमाउँदै भेट्टायो ।

पाकिस्तानका लागि अजान अविसले सर्वाधिक ५६ रन बनाए भने साद बाइगले ५० रन जोडे । नेपालका गुल्शन झाले २ विकेट लिए भने आकाश त्रिपाठीले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४७ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय ५२ रन बनायो ।

नेपालका लागि उत्तम मगरले सर्वाधिक ५१ रन बनाए । त्यस्तै, दिपेश कँडेलले ३१ र अर्जुन कुमालले २१ रन बनाउनुबाहेक अरु नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पाकिस्तानका लागि मोहम्मद जिसनले ६ विकेट लिए । त्यस्तै, आमिर हसनले २ विकेट लिए ।

 

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ५ : २३ बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक