रास्वपाद्वारा रुसी सेनामा रहेका नेपालीको विवरण पत्ता लगाउन सरकारको ध्यानाकर्षण « Khabarhub

रास्वपाद्वारा रुसी सेनामा रहेका नेपालीको विवरण पत्ता लगाउन सरकारको ध्यानाकर्षण


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले रुसी सेनामा स्वस्फूर्त भर्ना भएका नेपालीको यकिन विवरण पत्ता लगाई नेपाल फर्काउन र बन्धक बनाइएकाको सकुशल रिहाइ गर्न सरकारको ध्यानार्कषण गराएको छ ।

रास्वपाका सांसदहरुले आज परराष्ट्रमन्त्री एनपी साउदलाई ध्यानाकर्षण पत्र बुझाउँदै प्यालेस्टाइनी समूह (हमास) को नियन्त्रणमा रहेका कञ्चनपुरका बिपिन जोशीको तत्काल रिहाइका लागि कूटनीतिक पहल गर्नसमेत माग गरेका छन् ।

“युद्धरत पक्षको नियन्त्रणमा रहेका नेपालीको यथाशीघ्र रिहाइ र उद्धार सम्बन्धमा परराष्ट्रमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हौँ”, पार्टीकी सचेतक निशा डाँगीले भनिन् ।

रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख एवं सांसद शिशिर खनाल, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी र सांसद अशोककुमार चौधरीले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

“स्वस्फूर्त रुसी सेनामा भर्ना भएर हाल कार्यरत नेपालीको यथार्थ विवरण पत्ता लगाई उनीहरुलाई नेपाल फर्काउन, घाइतेको समुचित उपचारको प्रबन्ध मिलाउन र बन्धक बनाइएकाको सकुशल रिहाइका लागि यथाशीघ्र कूटनीतिक पहलमा जोड दिन आग्रह गर्दछौँ”, ध्यानाकर्षणपत्रमा उल्लेख छ, “हमासको कब्जामा रहेका कञ्चनपुरका बिपिन जोशीको अवस्था अझै अज्ञात छ । हमासले ५८ जना विदेशीलाई मुक्त गरिसकेको सन्दर्भमा, विपिन अझैसम्म बन्धक नै रहनुमा सरकारले रिहाइका लागि गरेको पहल पर्याप्त भएन कि भन्ने रास्वपाको बुझाइ छ ।”

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ६ : १० बजे

कैलाश तीर्थयात्रामा बाढीको असर

काठमाडौं–  नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएकामध्ये कैलाश

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी र एस्टन भिल्लाले साविक विजेता पीएसजीसँग खेल्ने

काठमाडौं- युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिगको

रसुवा बाढीमा लमजुङका १० जना सम्पर्कविहीन

लमजुङ– रसुवा बाढीमा परी लमजुङका १० जना सम्पर्कविहीन भएका छन्

रसुवागढी जलविद्युत केन्द्रभित्र फसेका चारजना कर्मचारीको भयो उद्धार

काठमाडौं– रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका चार कर्मचारीको सकुशल उद्धार भएको

 ११७ जना विदेशी पर्यटकको उद्धार

काठमाडौं– भोटेकोशीको विनाशकारी बाढीमा परेर अलपत्र भएकामध्ये ११७ जना विदेशी