विपिन जोशीलाई छुटाउन सरकारले संवाद गरिरहेको छ : मन्त्री साउद | Khabarhub Khabarhub

विपिन जोशीलाई छुटाउन सरकारले संवाद गरिरहेको छ : मन्त्री साउद


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री एनपी साउदले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि सरकारले संवाद गरिरहेको बताएका छन् ।

सिंहदरबारमा शुक्रबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा परराष्ट्रमन्त्री साउदले आफूले शुक्रबार नै इजरायलमा टेलिफोन गरी विपिन जोशीको पछिल्लो अवस्थाबारे जानकारी लिएको बताएका हुन् ।

आफू शनिबार दोहा फोरमममा भाग लिन कतार जान लागेको र हमाससँग सहजीकरण गरिरहेकासँग संवाद गर्ने उनले बताए । त्यस्तै, मन्त्री साउदले युक्रेनमा दुई जना युद्धबन्दी रहेको भन्दै दिल्लीस्थित दूतावासबाट संवाद भइरहेको जानकारी दिए ।

उनले रुसले पनि नेपालीहरुको अवस्थाबारे नेपाल सरकारसँग संवाद गरेको र रुसी सेना छाडेर नेपाल आउन चाहनेलाई नेपाल सरकारले आवश्यक सहजीकरण गर्ने बताए ।

उनले रुसलाई आफ्नो सेनामा नेपाली नागरिकलाई भर्ती नगर्न र भर्ती भएकालाई नेपाल फर्काउन आग्रह गरेको पनि जानकारी दिए ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ६ : ५७ बजे

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग