विपिन जोशीलाई छुटाउन सरकारले संवाद गरिरहेको छ : मन्त्री साउद « Khabarhub

विपिन जोशीलाई छुटाउन सरकारले संवाद गरिरहेको छ : मन्त्री साउद


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री एनपी साउदले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि सरकारले संवाद गरिरहेको बताएका छन् ।

सिंहदरबारमा शुक्रबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा परराष्ट्रमन्त्री साउदले आफूले शुक्रबार नै इजरायलमा टेलिफोन गरी विपिन जोशीको पछिल्लो अवस्थाबारे जानकारी लिएको बताएका हुन् ।

आफू शनिबार दोहा फोरमममा भाग लिन कतार जान लागेको र हमाससँग सहजीकरण गरिरहेकासँग संवाद गर्ने उनले बताए । त्यस्तै, मन्त्री साउदले युक्रेनमा दुई जना युद्धबन्दी रहेको भन्दै दिल्लीस्थित दूतावासबाट संवाद भइरहेको जानकारी दिए ।

उनले रुसले पनि नेपालीहरुको अवस्थाबारे नेपाल सरकारसँग संवाद गरेको र रुसी सेना छाडेर नेपाल आउन चाहनेलाई नेपाल सरकारले आवश्यक सहजीकरण गर्ने बताए ।

उनले रुसलाई आफ्नो सेनामा नेपाली नागरिकलाई भर्ती नगर्न र भर्ती भएकालाई नेपाल फर्काउन आग्रह गरेको पनि जानकारी दिए ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ६ : ५७ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन