गौतमबुद्ध विमानस्थल पूर्ण सञ्चालनको माग गर्दै भैरहवामा प्रदर्शन | Khabarhub Khabarhub

गौतमबुद्ध विमानस्थल पूर्ण सञ्चालनको माग गर्दै भैरहवामा प्रदर्शन


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भैरहवा- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनको माग गर्दै भैरहवामा विरोध प्रदर्शन गरिएको छ ।

उद्घाटन भएको लामो समय बित्दासमेत विमानस्थल नियमित सञ्चालनका लागि राज्य उदासिन रहेको भन्दै सिद्धार्थ सञ्जाल रुपन्देहीको नेतृत्वमा दर्जनौँ संघसंस्थाले भैरहवामा जनदबाब तथा विरोध प्रदर्शन गरेका हुन् ।

उद्घाटन भएको १६ महिना बित्दासमेत अन्तराष्ट्रिय उडान नियमित हुन नसकेपछि अर्बौँ लगानी जोखिममा परेको भन्दै विभिन्न संघसंस्थाहरुको आह्वानमा विरोध प्रदर्शन भएको हो । भैरहवाको देवकोटा चोकबाट सुरु भएको विरोध प्रदर्शन बैंकरोड मिलन चोक, प्रहरी टोल बर्मेलीटोल हुँदै बुद्ध चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।

विरोध प्रदर्शन गर्दै सञ्जालले विमानस्थल पूर्ण सञ्चालन नभएसम्म निरन्त रुपमा विरोध प्रदर्शनका कार्यक्रम गर्ने जनाएको छ । सञ्जालमा रुपन्देहीका २ दर्जन बढी संघसंस्था आबद्ध रहेका छन् । सञ्जालले यसअघि पनि विभिन्न कार्यक्रममार्फत विमानस्थल पूर्ण सञ्चालनको आवाज उठाउँदै आएको छ ।

कार्यक्रमका संयोजक तथा सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले विमानस्थल पूर्ण सञ्चालन भए यहाँ पचासौं लाख पर्यटक आउने र सबै क्षेत्रको आर्थिक विकास हुने बताए । उनले विमानस्थल नचल्दा उद्योगी–व्यवसायी दयनीय अवस्थामा रहेकाले तत्काल जसरी भएपनि सञ्चालनको वातावरण बताउनु पर्ने बताए ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ७ : १२ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः