गौतमबुद्ध विमानस्थल पूर्ण सञ्चालनको माग गर्दै भैरहवामा प्रदर्शन « Khabarhub

गौतमबुद्ध विमानस्थल पूर्ण सञ्चालनको माग गर्दै भैरहवामा प्रदर्शन


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भैरहवा- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनको माग गर्दै भैरहवामा विरोध प्रदर्शन गरिएको छ ।

उद्घाटन भएको लामो समय बित्दासमेत विमानस्थल नियमित सञ्चालनका लागि राज्य उदासिन रहेको भन्दै सिद्धार्थ सञ्जाल रुपन्देहीको नेतृत्वमा दर्जनौँ संघसंस्थाले भैरहवामा जनदबाब तथा विरोध प्रदर्शन गरेका हुन् ।

उद्घाटन भएको १६ महिना बित्दासमेत अन्तराष्ट्रिय उडान नियमित हुन नसकेपछि अर्बौँ लगानी जोखिममा परेको भन्दै विभिन्न संघसंस्थाहरुको आह्वानमा विरोध प्रदर्शन भएको हो । भैरहवाको देवकोटा चोकबाट सुरु भएको विरोध प्रदर्शन बैंकरोड मिलन चोक, प्रहरी टोल बर्मेलीटोल हुँदै बुद्ध चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।

विरोध प्रदर्शन गर्दै सञ्जालले विमानस्थल पूर्ण सञ्चालन नभएसम्म निरन्त रुपमा विरोध प्रदर्शनका कार्यक्रम गर्ने जनाएको छ । सञ्जालमा रुपन्देहीका २ दर्जन बढी संघसंस्था आबद्ध रहेका छन् । सञ्जालले यसअघि पनि विभिन्न कार्यक्रममार्फत विमानस्थल पूर्ण सञ्चालनको आवाज उठाउँदै आएको छ ।

कार्यक्रमका संयोजक तथा सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले विमानस्थल पूर्ण सञ्चालन भए यहाँ पचासौं लाख पर्यटक आउने र सबै क्षेत्रको आर्थिक विकास हुने बताए । उनले विमानस्थल नचल्दा उद्योगी–व्यवसायी दयनीय अवस्थामा रहेकाले तत्काल जसरी भएपनि सञ्चालनको वातावरण बताउनु पर्ने बताए ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ७ : १२ बजे

ड्रोनबाट यस्तो देखियो नारायणी छेउछाउको बस्ती (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षाले नारायणी नदीले सतर्कता तह नाघिसकेको छ ।

नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री

भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग

वीरगञ्ज– वीरगञ्ज युवा समाजले भोटेकोशी बाढीपछि बेपत्ता भएका वीरगञ्ज महानगरपालिका–२७ उदयपुर

मनकामना केबलकारमा जाने सडक भासियो, केबलकार बन्द (तस्बिरहरू)

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको

चोलेन्द्रशम्शेर पक्राउबारे सरकारलाई जेन-जी अभियन्ताले भने- नाटक र नौटंकी बन्द गर्नुहोस्

काठमाडौं– जेन–जी अभियन्ता माजिद अन्सारीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अदालतको पक्राउ पुर्जीबिना