सप्तरीमा पनि मनाइयो मर्यादित महिनावारी दिवस | Khabarhub Khabarhub

सप्तरीमा पनि मनाइयो मर्यादित महिनावारी दिवस


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीमा विभिन्न कार्यक्रम गरी शुक्रबार मर्यादित महिनावारी दिवस मनाइएको छ । लैङ्गिक हिंसाविरुद्धको १६दिने अभियानअन्तर्गत मर्यादित महिनावारी दिवसको अवसर पारेर महिनावारीबारे जनचेतना जगाउँदै विशेष कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाइएको हो ।

लैङ्गिक हिंसाविरुद्ध जिल्लास्तरीय सञ्जालको आयोजना र मेची महाकाली बुहारी संयुक्त आवाज, महिला मानव अधिकार रक्षक सञ्जाल, महिला बालबालिका तथा सामुदायिक विकास केन्द्र, ग्रीन नेपाल र अतुल फार्मेसीको सौजन्यमा राजविराज नगरपालिका १ मा सचेतनामूलक कार्यक्रमका साथ सय जना विपन्न महिलाहरुलाई स्यानिटरी प्याड वितरण गरेर दिवस मनाइएको हो ।

कार्यक्रममा इन्सेक प्रतिनिधी मनोहर पोखरेलले नितान्त प्राकृतिक र अनिवार्यतः घटित हुने जैविक घटनाको रुपमा रहेको महिनावारीकै कारण र्सष्टि चलिरहेको बताए । सन्तान उत्पादन र सृष्टि सञ्चालनका लागि अनिवार्य रहेको महिनावारीको रगत कुनै पनि हालतमा अपवित्र र अमर्यादिन नहुने उनको भनाइ छ ।

महिला मानव अधिकार रक्षक सञ्जाल सप्तरीका अध्यक्ष अनीता देवकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा राजविराज नगरपालिका कार्यपालिका सदस्य ललिता कर्ण, ग्रिन नेपालका अध्यक्ष खेलानन्द दास, महिला बालबालिका तथा सामुदायिक विकास केन्द्रकी उपाध्यक्ष सुष्मा गुप्ता, मेची महाकाली बुहारी संयुक्त आवाजकी सचिव नानीमैया कटवाल, महिला मानव अधिकार रक्षक सञ्जालकी सहसचिव मनु खनाल, अधिवक्ता साधना कर्ण, ओसीएमसीकी मनिषा सिम्खडाले मर्यादित महिनावारीको स्वच्छता र स्वास्थ्यसम्बन्धी आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष धीरेन्द्र दास, मालती चौधरी, ज्ञानु भट्टराई, शान्ता सिंह, जुगलकिशोर मुखियालगायतको उपस्थिती रहेको थियो । राजविराजस्थित कारागारमा समेत सञ्जालले महिला बन्दीहरुलाई स्यानिटरी प्याड वितरण गरेको छ ।

यसैगरी, लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत पाँचौ मर्यादित महिनावारी दिवसको अवसरमा राजविराजमा बालिकाहरुबीच भएको त्रिकोणात्मक टि–ट्वेण्टी क्रिकेट प्रतियोगितामा राजविराज च्याम्सले खडग क्विनलाई पराजित गर्दै उपाधि चुमेको छ ।

सोही अवसरमा विभिन्न विद्यालयका छात्राहरुलाई मर्यादित महिनावारी तथा लैङ्गिक हिंसाबारे खेलको माध्यमले अन्तक्रियात्मक कार्यक्रम सञ्चालन गरिएको छ ।

सप्तरी क्रिकेट संघका अध्यक्ष तथा सवल नेपालका कोषाध्यक्ष आयुष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा खडक नगरपालिकाका नगर प्रमुख जयप्रकाश चौधरीले विजेतालाई कप तथा उपहार प्रदान गरे ।

यसैगरी, मानव अधिकारकर्मी तथा पत्रकार मनोहर पोखरेल, क्यानका मुख्य छनौटकर्ता दिपेन्द्र चौधरी, सबल नेपालका श्रेष्ठ, अशोक साह, परमेश्वर झा, एमसीसीका प्रशिक्षकहरुले उपविजेता र सहभागी विभिन्न विद्यालयका छात्राहरुलाई उपहार प्रदान गरे ।

कार्यक्रममा सम्बोधन गर्दै अधिकारकर्मी पोखरेलले महिनावारीलाई प्राकृतिक, सामान्य र स्वभाविक मान्दा पनि महिलामाथि हुने अनेकन हिंसा र विभेद अन्त्य हुने बताए ।

पुरुषले गर्ने सबै काम महिलाले गर्न सके पनि महिनावारी, स्तनपान, गर्भधारण र सन्तान उत्पादन गर्ने जिम्मेवारी प्रकृतिले महिलालाई मात्र दिएकोले सृष्टि निरन्तरता दिने महिनावारीलाई मर्यादित रुपमा हेरिनुपर्ने बताए ।

त्यसअघि जिल्ला स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालका अध्यक्ष तथा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक गजु सिद्धि बज्राचार्यले छात्राहरुलाई स्यानिटरी प्याड, रुमाल, साबुन वितरण गरे ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ८ : ०१ बजे

राष्ट्रियसभा बैठक बस्दै (सूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

थाइ नरेशसमक्ष राजदूत ओलीबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले थाइल्याण्डका नरेश वाजिरालोङकोर्न

जाजरकोटमा बाढीमा परी एकजनाको मृत्यु, ६ जना घाइते

सुर्खेत– जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका

पहिरोले डुम्रे–बेँसीसहर सडक पुनः अवरुद्ध

लमजुङ– लमजुङको डुम्रे–बेँसीसहर सडकखण्ड पुन अवरुद्ध भएको छ । गए

बाथ मुटुरोग के हो ? बालबालिकामा यसको असर कस्तो हुन्छ ?

बालबालिकामा रुघाखोकी लाग्नु, ज्वरो आउनु, थुक निल्न गाह्रो हुनु, टन्सिल