एलपीएलमा टिकापुर र धनगढी विजयी « Khabarhub

एलपीएलमा टिकापुर र धनगढी विजयी


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ टिकापुर र धनगढी स्पोर्ट्स क्लब विजयी भएका छन्।

समुह ‘बी’ अन्तर्गतको खेलमा युथ अफ टिकापुरले दोश्रो जित दर्ता गर्ने क्रममा धनगढी क्रिकेट एकेडेमीलाई पराजित गर्यो। समुह ‘ए’ अन्तर्गतको खेलमा धनगढी स्पोर्ट्स क्लबले शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसनलाई पराजित गर्दै दोश्रो जित दर्ता गर्दै। जितसंगै युथ अफ टिकापुर र धनगढी स्पोर्ट्स क्लबले सेमीफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।

आज सम्पन्न पहिलो खेलमा युथ अफ टिकापुरले धनगढी क्रिकेट एकेडेमीलाई ३३ रनले पराजित गर्यो। युथ अफ टिकापुरले दिएको १३६ रनको लक्ष्य पछ्याएको धनगढीले २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट गुमाएर १०२ रन मात्र बनाउन सक्यो।

धनगढीको लागि शार्थक धितालले सर्वाधिक ३७ रन बनाए। मान साउदले १८ तथा विजय रानाले १२ रनको योगदान दिए। युथ अफ टिकापुरको बलिंगमा प्लेयर अफ द म्याच घोषित गौतम केसीले ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३० रन खर्चिए। सुमित महर्जनले २ तथा मोहम्मद हुसेन र प्रकाश जैसीले १र१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको युथ अफ टिकापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३५ रन बनायो।

युथ अफ टिकापुरको लागि हरि चौहानले सर्वाधिक २९ रन योगदान दिए भने गौतम केसीले २६, प्रदिप ऐरीले १४, प्रकाश जैसीले १३ रन बनाए। अतिरिक्तको रुपमा धनगढी क्रिकेट एकेडेमीले २६ रन खर्चियो।

धनगढी क्रिकेट एकेडेमीको बलिंगमा लेग स्पिनर युवराज खत्री एक्लैले ४ विकेट लिए जुन क्रममा उनले ४ ओभरमा मात्र ८ रन खर्चिए। निरज ऐरले २ तथा हिक्मत महरा र मान साउदले १/१ विकेट लिए।

आजको दोश्रो खेलमा धनगढी स्पोर्ट्स क्लबले शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसनलाई ६ विकेटले पराजित गर्यो। शुक्लाफांटाले दिएको ११० रनको लक्ष्य धनगढीले १३.२ ओभरमा ४ विकेट गुमाएर भेटायो।

धनगढी स्पोर्ट्स क्लबको लागि प्रनित थापाले अविजित अर्धशतकीय योगदान दिए। प्लेयर अफ द म्याच समेत घोषित भएका थापाले ३४ बलमा ३ चौका र ५ छक्का प्रहार गरे। बसन्त कार्कीले अविजित २७ रन बनाए। ३२ रनमा ४ विकेट गुमेको अवस्थामा थापा र कार्कीले पाँचौ विकेटको लागि अविजित ७८ रनको साझेदारी गरे।

शुक्लाफांटाको बलिंगमा सुशील रावलले २ तथा कैलाश ऐर र बसन्त खत्रीले १/१ विकेट लिए।यस अघि टस जितेर ब्याटिंग गरेको शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसनले २० ओभरमा ७ विकेट गुमाएर १०९ रन बनायो।

शुक्लाफांटाको लागि किरण ठगुन्नाले सर्वाधिक २९ रन बनाए भने बिशाल ऐरले २३, रोशन साउदले १७ तथा बसन्त खत्रीले १३ रन योगदान दिए।

धनगढी स्पोर्ट्स क्लबका बलर अमर सिंह रौटेलाले ३ विकेट लिए जुन क्रममा ४ ओभरमा मात्र १० रन खर्चिए। भोज राज भट्टले २ विकेट तथा दिपक ठकुरी र भुवन कार्कीले १/१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत सातौँ दिन शनिवार पनि दुई खेल हुनेछन्। विहान ९ बजे युथ अफ टिकापुर र कैलाली मल्टिपल क्याम्पस तथा दिउँसो १ बजे सुदूरपश्चिमान्चल एकेडेमी र गरुडा नगरपालिका बीच खेल हुनेछ।

लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौँ संस्करण हो। प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टीमको सहभागिता रहेको छ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ८ : १५ बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना