जलवायु परिवर्तनको असर न्यूनीकरणमा अर्थमन्त्रीको जोड | Khabarhub Khabarhub

जलवायु परिवर्तनको असर न्यूनीकरणमा अर्थमन्त्रीको जोड


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गण्डकी – अर्थमन्त्री डा प्रकाशरण महतले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न लाग्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल पर्वतारोहण सङ्घद्वारा अन्तर्राष्ट्रिय सङ्ग्रहालय पोखरामा आठौँ पर्वतीय महोत्सवको आज उद्घाटन गर्दै उनले जलवायु परिवर्तनका कारण नेपाल जस्ता हिमाल र हिमाली संस्कृतिमा आधारित राष्ट्रहरु सङ्कटमा परिरहेको बताउँदै यसले पार्ने दीर्घकालीन असरप्रति समयमै सचेत हुनुपर्ने बताए ।

नेपालको हिमाल र हिमाली संस्कृति आफैमा महत्वपूर्ण भएको बताउँदै अर्थमन्त्री महतले यसलाई पर्यटन प्रवद्धन माध्यमबाट आर्थिक समृद्धिसँग जोड्न सकिने बताए। विश्वव्यापी तापमान वृद्धिमा नेपाल जस्ता देशको भूमिका नरहेको उल्लेख गर्दै उनले विकसित एवम् औद्योगिक राष्ट्रहरुका कारण बढेको तापक्रमले जलवायुमा परिवर्तन आएको बताए ।

नेपालमा कार्बन उत्सर्जन नगन्य मात्रै भएकाले सन् २०४५ सम्म शुन्यमा झार्ने लक्ष्य लिएपनि अन्य मुलुकका कारण नेपालका हिमाल, पहाडसँगै जनजीवनमा प्रभाव पार्ने अर्थमन्त्री महतको भनाइ थियो ।

जलवायु परिवर्तनकै कारण नेपालले बारम्वार बेमौसमी बाढी पहिरोको सामना गर्नुपरेको उल्लेख गर्दै उनले यसका कारण विकास निर्माणमा बढाएको लागतको क्षतिपूर्ति अन्तर्राष्ट्रिय समुदायले तिर्नुपर्ने बताए । पर्वतीय सङ्ग्रहालयले नेपालको पर्वतीय संस्कृतिको प्रतिनिधित्व गर्दै पोखराको पर्यटन प्रवद्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै उनले सङ्ग्रहालय नपुगेसम्म पर्यटकको भ्रमण अधुरो हुने गरी विकास गर्न तीनै तहका सरकार जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याए।

सरकारले पर्यटन, जलविद्युत्, कृषि र आईटीलाई प्रमुख प्राथमिकतामा राखेर अघि बढेको बताउँदै उनले ठूला कङ्क्रिट भवन देखाएर होईन हाम्रो मौतिकता प्रस्तुत गरेर पर्यटन प्रवद्र्धन गर्नेतर्फ लाग्नु पर्नेमा जोड दिए । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्रबहादुर थापाले पोखरालाई पर्यटकीय राजधानी बनाउन पहल गर्न समिति गठन गरिएको जानकारी दिए ।

विदेशबाट काठ आउने र स्वदेशको काठ जङ्गलमा कुहीने अवस्थाको अन्त्य गर्न प्रदेश सरकार कटिवद्ध भएर लागेको बताउँदै उनले गाँजा र घरेलु मदिरालाई कानूनी मान्यता दिने प्रकृया अघि बढेको जानकारी दिए ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ८ : ३९ बजे

अर्थतन्त्रमा जलवायु परिवर्तनको जोखिम : जीडीपीमै असर

काठमाडौं– विश्वमा जलवायु परिवर्तनको असर बढ्दै गएको विभिन्न तथ्यांकहरूले देखाएका

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

काठमाडौं– नबिल बैंकले ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड’ योजनाको म्याद थप गरेको छ

मनाइयो कानुन दिवस : छिटो–छरितो न्याय प्रदान गर्न जोड

काठमाडौं– विसं २००९ वैशाख २६ गतेदेखि लागू भएको नेपाल प्रधान न्यायालय

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री 

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले आयोजना गरेको ‘सगरमाथा संवाद’

टिकट नपाएपछि एमाले प्रवेश गरेका बोहरा कांग्रेसमै फर्किए

धनगढी– बुढीनन्दा नगरपालिकाकाका उपप्रमुख रामबहादुर बोहरा पुनः नेपाली कांग्रेसमै फर्किएका