आर्थिक सुधार अझै पनि ‘महत्त्वपूर्ण चरण’ मा छ : राष्ट्रपति सी | Khabarhub Khabarhub

आर्थिक सुधार अझै पनि ‘महत्त्वपूर्ण चरण’ मा छ : राष्ट्रपति सी


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनको आर्थिक सुधार ‘अहिले पनि महत्त्वपूर्ण चरण’ मा रहेको बताएका छन् । चीनको सुस्त घरेलु गतिविधि र सम्पत्ति क्षेत्रको समस्याले महामारीपछिको स्थितिमा सुधार भइरहेको छ ।

विश्वको सबैभन्दा दोस्रो ठूलो अर्थतन्त्र भएको चीनले तेस्रो त्रैमासिकमा चार दशमलव नौ प्रतिशतले वृद्धि हासिल गरेको छ । यो बेइजिङको पाँच प्रशिततको लक्ष्यभन्दा थोरै कम हो । साथै यो वृद्धि वर्षौंमा सबैभन्दा कम हो ।

‘अहिले मुलुकको आर्थिक सुधार अझै पनि महत्त्वपूर्ण चरणमा छ’, सिसिटिभीका अनुसार मुलुकको शीर्ष निर्णय लिने संस्था चीनको कम्युनिस्ट पार्टी पोलिटब्युरोको बैठकमा राष्ट्रपति सीले भने । अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने उपायहरू गर्न आग्रह गर्दै उनले भने, ‘अन्तर्राष्ट्रिय राजनीतिक तथा आर्थिक वातावरणमा बढ्दो प्रतिकूल कारकहरूसँगै मुलुकले सामना गर्नुपरेको विकास अवस्था जटिल छ ।’

उनले आधुनिक औद्योगिक प्रणालीको निर्माणमा तीव्रता ल्याउन, घरेलु मागको विस्तार गर्न र जोखिमलाई रोक्न तथा कम गर्न ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता औल्याए । उनले प्रमुख विज्ञान तथा प्रविधि क्षेत्रमा ‘आत्मनिर्भरता’ लाई प्रवर्द्धन गर्न र ‘एउटा नयाँ विकास खाकाको निर्माणमा तीव्रता ल्याउने’ आवश्यकतामा पनि जोड दिए ।

अधिकारीहरूले सन् २०२२ को अन्त्यमा कठोर रोकथामका उपायहरू हटाएपछि कोभिड महामारीको प्रभावबाट पार पाउन सङ्घर्ष गरेका छन् । अधिकारीहरूले नोभेम्बरमा निर्यात सात महिनामा पहिलोपटक बढेको घोषणा गरेका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ९ : ५३ बजे

दक्षिणी युरोपमा प्रचण्ड गर्मी : बढ्न थाल्यो डढेलोको जोखिम

काठमाडौं – युरोपका धेरै स्थानलाई अहिले तातो हावाको बहावले प्रभावित

किसानको आयआर्जन बढाउन बिरुवा वितरण

भोजपुर– वन क्षेत्रको विकाससँगै किसानलाई उद्यममा जोड्न जिल्लामा साढे आठ

क्लब विश्वकप वायरन क्वार्टर फाइनलमा

काठमाडौं – फ्लेमिङ्गोलाई ४-२ ले हराउँदै वायरन म्युनिख फिफा क्लब

संसद गालीगलौच र भ्रामक बहसमा दौडने मैदान बन्यो : मीन विश्वकर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले संसदलाई मर्यादित, व्यवस्थित, तथ्यपरक

उत्तरी गाजा छाड्न प्लेस्टाइनीलाई इजरायलको चेतावनी

इजरायल – इजरायलले गाजा सहर र जाबालियामा रहेका प्यालेस्टाइनीलाई उक्त