अन्तर्राष्ट्रिय

अवैध रुपमा सुन उत्खनन गरेको आरोपमा घानामा चिनियाँ नागरिकलाई जेल सजाय

By खबरहब

December 08, 2023

आक्रा- अफ्रिकी मुलुक घानामा अवैध रुपमा सुन उत्खनन गरेको आरोपमा एक जना चिनियाँ नागरिकलाई जेल सजाय सुनाइएको छ ।

गैरकानूनी रुपमा सुन उत्खनन गरेको आरोपमा घानाको राजधानी आक्रामा रहेको अदालतले चिनियाँ नागरिक आइशा हुआङलाई साढे चार वर्षको जेल सजाय र ४८ हजार घानियन सेदी जरिवानाको फैसला सुनाएको हो ।

उनका वकिल होप आग्बाआदोले भने उनलाई जेल नहाल्न बरु जरिवाना तिराएर देश निकाला गर्न अदालतसँग आग्रह गर्ने जनाएका छन् । फैसलाउपर पुनरावेदन गर्नेबारे आफूहरुले विचार गरिरहेको उनको भनाइ छ ।

पछिल्लो समय घानामा चिनियाँ नागरिकले अवैध रुपमा सुन उत्खनन् बढ्दै गएको रोयटर्सले जनाएको छ । चिनियाँ नागरिकले गर्ने यस्ता अवैध उत्खननका कारण पर्यावरणीय जोखिम बढ्दै गएको जनाइएको छ ।