अवैध रुपमा सुन उत्खनन गरेको आरोपमा घानामा चिनियाँ नागरिकलाई जेल सजाय « Khabarhub

अवैध रुपमा सुन उत्खनन गरेको आरोपमा घानामा चिनियाँ नागरिकलाई जेल सजाय


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

आक्रा- अफ्रिकी मुलुक घानामा अवैध रुपमा सुन उत्खनन गरेको आरोपमा एक जना चिनियाँ नागरिकलाई जेल सजाय सुनाइएको छ ।

गैरकानूनी रुपमा सुन उत्खनन गरेको आरोपमा घानाको राजधानी आक्रामा रहेको अदालतले चिनियाँ नागरिक आइशा हुआङलाई साढे चार वर्षको जेल सजाय र ४८ हजार घानियन सेदी जरिवानाको फैसला सुनाएको हो ।

उनका वकिल होप आग्बाआदोले भने उनलाई जेल नहाल्न बरु जरिवाना तिराएर देश निकाला गर्न अदालतसँग आग्रह गर्ने जनाएका छन् । फैसलाउपर पुनरावेदन गर्नेबारे आफूहरुले विचार गरिरहेको उनको भनाइ छ ।

पछिल्लो समय घानामा चिनियाँ नागरिकले अवैध रुपमा सुन उत्खनन् बढ्दै गएको रोयटर्सले जनाएको छ । चिनियाँ नागरिकले गर्ने यस्ता अवैध उत्खननका कारण पर्यावरणीय जोखिम बढ्दै गएको जनाइएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  १२ : ५२ बजे

आवास सङ्कटको दबाबबीच स्पेनका प्रधानमन्त्री सान्चेजद्वारा चुनावी अभियान सुरु

स्पेन- स्पेनमा आवास सङ्कटलाई लिएर विरोध प्रदर्शन चर्किरहेका बेला प्रधानमन्त्री पेड्रो

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित