ठगी गरेको आरोपमा पोखराका वडा सदस्यसहित ४ जना पक्राउ « Khabarhub

ठगी गरेको आरोपमा पोखराका वडा सदस्यसहित ४ जना पक्राउ


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा ठगीसम्बन्धी मुद्दामा वडा सदस्यसहित चार जना पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका–६, खहरेका वडा सदस्य ४२ वर्षीय दीपेन्द्र पहारी, सोही वडाको लेकसाइड बैदाम बस्ने ४१ वर्षीय विकास पहारी, सोही स्थान बस्ने २२ वर्षीय प्रवीण विश्वकर्मा, २४ वर्षीय अभिषेक परियार र अप्पे भन्ने २४ वर्षीय अभिषेक बराल पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

लेकसाइडस्थित फुटट्रायकमा फोटोग्राफी गरेबापत उनीहरूले धम्की दिएर विभिन्न व्यक्तिहरुलाई ठगी गरेको प्रहरीको आरोप छ । प्रहरीका अनुसार उनीहरुले फोटोग्राफी गर्नेहरुबाट प्रतिव्यक्ति १३ हजार ५०० रूपैयाँ लिएको र व्यवसायी दर्ता नगरेको भन्दै धम्की दिँदै आएका थिए ।

पक्राउ परेकाहरूविरू जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  १० : ४७ बजे

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सुख्खा पहिराले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ – कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन

विपत्तिकै बीच एलपी ग्यासको मूल्यवृद्धि र अभाव आपत्तिजनक : कुलमान घिसिङ

काठमाडौँ – पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले देश प्राकृतिक विपत्तिको पीडामा