एनसेल खरिदबिक्री प्रकरणमा नेतृत्वको स्वार्थ जोडिएको छ : उपेन्द्र यादव « Khabarhub

एनसेल खरिदबिक्री प्रकरणमा नेतृत्वको स्वार्थ जोडिएको छ : उपेन्द्र यादव


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एनसेल खरिदबिक्रीबारे सत्यतथ्य विवरण सर्वाजनिक गर्नुपर्ने बताएका छन् ।

शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले एनसेलको शेयर खरिदबिक्री प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको स्वार्थ जोडिएको भन्दै सत्यतथ्य विवरण सार्वजनिक गर्नुपर्ने बताएका हुन् ।

अध्यक्ष यादवले एनसेलको कर छलीका बिषयमा यसअघि पनि बहस हुँदा गम्भीर हुन नसकेको र राजनीतिक तथा प्रशासनिक रुचि देखिएको तर्क गरे । यस प्रकरणमा आवश्यक छानबिन हुनुपर्ने उनको भनाई छ ।

यस्तै बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एनसेलको शेयर खरिदबिक्रीमा राजनीतिक र प्रशासनिक नेतृत्वको ठूलो साठगाँठ भएको दाबी गरे । उनले एनसेलको खरिदबिक्रीले दिर्घकालीन असर पुग्न सक्ने भएकाले समितिले गम्भीर भएर छलफल चलाउनुपर्नेमा जोड दिए ।

अन्य सदस्यहरुले नियामक निकायलाई थाहा नै नदिई विदेशमा कम्पनी खडा गरी न्यून मूल्याङ्कनमा शेयर किनबेचका क्रममा ठूलो अनियमिता भएको हुनसक्ने भएकाले सरकारले समितिलाई प्रष्ट पार्नुपर्ने धारणा राखेका थिए ।

 

यो पनि…

एनसेल खरिदबिक्री प्रकरणमा राजनीतिक नेतृत्वको साँठगाँठ छ : गगन थापा

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ११ : १२ बजे

सुन र चाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ ।

नेपाललाई नेदरल्यान्डले दियो १४१ रनको चुनौती

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा नेदरल्यान्डले

भरपर्दो सुरक्षा योजना बनाएर प्रहरी परिचालन : महानिरीक्षक कार्की 

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित र निष्पक्ष

विश्वकप अभ्यास : श्रीलंकाविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – आइसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

पनौतीको त्रिवेणीमा स्नान गर्दै स्वस्थानीका व्रतालु (तस्बिरहरू) 

काठमाडौं– पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी व्रतका व्रतालुहरूले आज काभ्रेको