अर्घाखाँची चिनाउन कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव « Khabarhub

अर्घाखाँची चिनाउन कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – अर्घाखाँचीका पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने लक्ष्यका साथ अर्घाखाँचीमा कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव हुने भएको छ।

अर्घाखाँचीमा क्रियाशिल व्यवसायिक संस्था अर्घाखाँची चेम्वर अफ कमर्स र अर्घाखाँची उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा महोत्सव हुने लागेको जनाइएको छ।

महोत्सवको विषयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा महोत्सव मुल आयोजक समितिका संयोजक प्रदिप मिश्रले अर्घाखाँचीलाई संसारभर चिनाउनका लागि मेला आयोजना गर्न लागिएको जानकारी दिए।

‘नेपालमा पहिलो पटक चेम्वर अफ कमर्स र उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा महोत्सव आयोजना गरेका छौं, मिश्रले भने, ‘यो मेलाबाट हामी अर्घाखाँचीलाई संसारभर चिनाउने लक्ष्य राखेका छौं।’

मेलामा स्थानीय व्यवसायी तथा उद्यमीको लागि विशेष स्टलको व्यवस्थापन गरिएको मुल आयोजक समितिका सदस्य समेत रहेका अर्घाखाँची चेम्वर अफ कमर्सका प्रवक्ता हरिप्रसाद भुसालले जानकारी दिए।

यही माघ ११ गतेदेखी २४ गतेदेखी सदरमुकाम सन्धिखर्कमा हुने महोत्सवको तयारी सुरु भएको समेत आयोजकले जानकारी दिएको छ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ९ : ३० बजे

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर