अर्घाखाँची चिनाउन कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव « Khabarhub

अर्घाखाँची चिनाउन कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – अर्घाखाँचीका पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने लक्ष्यका साथ अर्घाखाँचीमा कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव हुने भएको छ।

अर्घाखाँचीमा क्रियाशिल व्यवसायिक संस्था अर्घाखाँची चेम्वर अफ कमर्स र अर्घाखाँची उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा महोत्सव हुने लागेको जनाइएको छ।

महोत्सवको विषयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा महोत्सव मुल आयोजक समितिका संयोजक प्रदिप मिश्रले अर्घाखाँचीलाई संसारभर चिनाउनका लागि मेला आयोजना गर्न लागिएको जानकारी दिए।

‘नेपालमा पहिलो पटक चेम्वर अफ कमर्स र उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा महोत्सव आयोजना गरेका छौं, मिश्रले भने, ‘यो मेलाबाट हामी अर्घाखाँचीलाई संसारभर चिनाउने लक्ष्य राखेका छौं।’

मेलामा स्थानीय व्यवसायी तथा उद्यमीको लागि विशेष स्टलको व्यवस्थापन गरिएको मुल आयोजक समितिका सदस्य समेत रहेका अर्घाखाँची चेम्वर अफ कमर्सका प्रवक्ता हरिप्रसाद भुसालले जानकारी दिए।

यही माघ ११ गतेदेखी २४ गतेदेखी सदरमुकाम सन्धिखर्कमा हुने महोत्सवको तयारी सुरु भएको समेत आयोजकले जानकारी दिएको छ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ९ : ३० बजे

भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ– बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको

परम्परा र संस्कृति बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन

सुनको मूल्यमा उतारचढाव, दुई लाख ६० हजार नजिक

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर

आर्यन खानलाई डेब्यु निर्देशनमै अवार्ड

काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले निर्देशनमा

आहा ! आलिताल

डडेल्धुरा– पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको