राजनीति

देशको अर्थतन्त्र गम्भीर अवस्थामा छ : अध्यक्ष ओली

By खबरहब

January 09, 2023

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताएका छन् ।

संघीय संसद्को अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले धेरै वर्षापछि राजश्व असुली ऋणात्मक रहेको, विदेशी मुद्राका सञ्चिती घटेकाले आयात गर्ने अवस्था नरहेकाले देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताए । 

आर्थिक अवस्था गम्भीर रहेका बेला देशमा निर्वाचित भएर आएका जनप्रतिनिधिले राष्ट्रहितको अवस्थामा उभिनु पर्नेमा जोड दिए ।