क्रिसमस पार्टी दुर्घटनामा मर्नेको सङ्ख्या पाँच पुग्योः दुई सय बढी घाइते | Khabarhub Khabarhub

क्रिसमस पार्टी दुर्घटनामा मर्नेको सङ्ख्या पाँच पुग्योः दुई सय बढी घाइते


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

जर्मनी – क्रिसमस पार्टीमा कार प्रवेशपछि भएको दुर्घटनामा मर्नेको सङ्ख्या पाँच पुगेको छ। मृतक मध्य एक नौ वर्षीय बालकसमेत छन्। जर्मनीमा भएको दुर्घटनामा परेर शुक्रबार साँझसम्म दुई सय जना घाइते भएको तथा कम्तीमा ४१ जनाको अवस्था गम्भीर भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

एउटा बिएमडब्लु कार ठुलो भीडलाई छिचोल्दै पाँच सय मिटरसम्म कुदेको थियो। यो घटना करिब तीन मिनेटको हो। सो घटनामा आरोपी ५० वर्षीय तालेब अल अब्दुल मोसेन भएको प्रहरीले बताएको छ। उनी सन् २००६ मा जर्मनीमा पुगेका साउदी अरेबियाका भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनी पेसाले चिकित्सक हुन्।

यस घटनाको छानबिन भइरहेको छ। छानबिनमा संलग्नका अनुसार जर्मनीमा साउदी शरणार्थीमाथि हुने व्यवहारको कारण उत्पन्न आक्रोशको परिणामको रूपमा यो घटना भएको पाइएको छ।

कार चालकको कट्टरपन्थी इस्लामिक सङ्गठनसँग कुनै आबद्धता भने फेला परेको छैन। सरकारी वकिलको कार्यालयले उनीमाथि छानबिनसहित मुद्दा दर्ताको तयारी गरिसकेको छ।

अहिलेसम्म उनलाई अन्य कसैको साथ मिलेको पत्तो भएको छैन। घटना भए लगत्तै सय प्रहरी, स्वास्थ्यकर्मी तथा ५० उद्धारकर्ता घटनास्थलमा पुगेका थिए। मागदेवर्गको ४० किलोमिटर दक्षिणमा बस्ने आरोपी कार चालक साइकोथेरापिस्ट हुन्। सन् २००६ मा जर्मनीमा पुगेका उनी सन् २०१६ देखि शरणार्थीको रूपमा छन्।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ६ : ५७ बजे

उद्योगसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दै छ

इङ्लिस प्रिमियरसिप : लिभरपुलले विपक्षीको पोस्टमा गर्यो चार गोल

काठमाडौं – लिभरपुलले इङ्लिस प्रिमियरसिप जित्ने सम्भावना अझ बलियो बनाएको

एम्बाप्पेको ह्याट्रिकमा रियल म्याड्रिडको शानदार जित

काठमाडौं – केलिएन एम्बाप्पेको ह्याट्रिक गरेपछि रियल म्याड्रिडले स्पेनिस ला

आइतबारको विदेशी मुद्राको विनियमदर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

घर फर्किएका प्यालेस्टाइनीमाथि इजरायलको अवरोध

इजरायल – हमासले युद्ध विरामका मापदण्ड उल्लङ्घन गरेको भन्दै इजरायलले