शोक प्रस्ताव पारित « Khabarhub

शोक प्रस्ताव पारित


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद मैयाँदेवी श्रेष्ठ, बालकृष्ण ढुङ्गेल र झुलबहादुर आलेको निधनप्रति बेग्लाबेग्लै शोक प्रस्ताव पारित गरेको छ । बैठकले उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । सभाले उनीहरूको निधनप्रति शोक प्रकट गर्दै दुई मिनेट मौन धारणसमेत गरेको छ ।

श्रेष्ठ नेपाली कांग्रेसकातर्फबाट विसं २०४८ मा गोरखाबाट एवं  विसं २०५६ मा राष्ट्रियसभामा निर्वाचित भएका थिए । श्रेष्ठको गत कात्तिक ६ गते ९४ वर्षको उमेरमा निधन भएको थियो । 

त्यस्तै नेकपा (माओवादी) बाट विसं २०६४ मा ओखलढुङ्गा-२ बाट निर्वाचित ढुङ्गेलको ५३ वर्षको उमेरमा कात्तिक २२ गते निधन भएको थियो । कांग्रेसबाट विसं २०७० मा संविधानसभा सदस्यमा निर्वाचित आलेको ७२ वर्षको उमेरमा गत मङ्सिर ९ गते निधन भएको थियो । बैठकले उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक पुस २६ गते बिहान ११ बजे बस्नेछ ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ४ : ४८ बजे

रोहितको अर्धशतक र करणको विष्फोटक ब्याटिङको मद्दतमा नेपालले ओमनलाई दियो २ सय ६४ रनको लक्ष्य

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

सरकारी सवारीसाधन दुरुपयोग गर्ने एक जना पक्राउ

बनेपा– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राउ

अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते